RaraNews

जागरण मिडिया प्रकाशित : २०७५/२/१३ गते
२२२९ पटक

ललितपुर । यस वर्षको दयाराम परियार स्मृती पुरस्कार दुई जनालाई प्रदान गरिएका छ । पुरुस्कार पाउनेहरुमा मानव सेवा आश्रमका रामजी अधिकारी र प्रेस स्वतन्त्रता सेनानी प्रेमकुमारी पन्त रहेका छन ।

राष्ट्रिय मानव अधिकार आयोगको अठारौं स्थापना दिवशको अवसरमा ललितपुरमा आयोजित समारोहमा अधिकारी र पन्तलाई दयाराम परियार स्मृति पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी एक लाख रुपैया छ । अधिकारकर्मी परियारको सम्मानमा राष्ट्रिय मानव अधिकार आयोगले विगत सात वर्षदेखि प्रदान गर्दै आएको सम्मानलाई यस वर्ष देखि पुरस्कारमा रुपान्तरण गरिएको हो ।

यो सम्मान यस अघि अधिकारकर्मीहरु दुर्गा घिमिरे,चरिमाया तामाङ, टेकनाथ वराल, चन्द्र किशोर झा, डा।शिवमाया तुम्वाहाङफे, वलदेव राम, मातृका देवकोटा , श्यामसुन्दर शशी, नजवुल खान र विद्या राजभण्डारीलाई प्रदान गरिएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार रक्षक दयाराम परियारको २ हजार ६२ साल चैत्र ११ गते जनकपुरमा मानव अधिकार अवस्था अनुगमनकैक्रममा प्रहरीको गोली लागेको थियो । अधिकारकर्मी परियारले उपचारकै क्रममा २०६२ चैत्र १५ गते शिक्षण अस्पताल महाराजगंजमा सहादत प्राप्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्