RaraNews

जागरण मिडिया प्रकाशित : २०८०/७/२३ गते
२७३ पटक

काठमाडौं । संसदीय अभ्यासमा प्रभावकारी प्रस्तुतीकरण गर्न पूर्व साँसदहरुको अनुभवले महत्वपूर्ण भूमिका खेल्ने बागमती प्रदेशसभा सदस्यहरुले बताउनुभएको छ ।जागरण मिडिया सेन्टरले बिहीबार काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशसभाका सदस्य तथा पूर्व प्रदेशसभाका सदस्यहरु बीच अनुभव आदनप्रदान कार्यक्रममा संसदीय अभ्यासलाई प्रभावकारी प्रस्तुतीकरण गर्न पूर्व साँसदले खेलेको भूमिका वर्तमान साँसदलाई सिकाईको रुपमा लिने सकिने बताउनुभएको थियो ।

बागमती प्रदेशको प्रदेश मामिला समितिका पूर्व सभापति माधव पौडेलले प्रदेशसभाको अभ्यासले वर्तमान साँसदहरुलाई सिकाई रुपमा लिनुपर्ने बताउनुभयो । प्रदेशका संरचना बलियो बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

उहाँले संविधानको अनुसुचीमा प्रदेशलाई २० अधिकार दिएको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा करिब १५ ऐन ल्याउन अझै बाँकी रहेको बताउनुभयो । बाँकी कानुन बनाउने जिम्मेबारी वर्तमान प्रदेशसभाका सदस्यहरुको रहेको उहाँले बताउनुभयो ।

बागमती प्रदेशको सार्वजनिक लेखा समितिका पूर्व सभापति न्हुच्छे नारायण श्रेष्ठले बागमती प्रदेश स्थानीय स्रोत साधनमा सम्पन्न भएको बताउनुभयो । उहाँले स्थानीय स्रोत र साधनको भरिपूर्ण परिचालन गरी प्रदेश आर्थिक रुपमा सम्पन्न हुने सम्भावना रहेको बताउनुभयो । स्रोतसाधनको परिचालन गर्न कानूनी जटिलता रहेको छ । कानुनी जटिलतालाई समाधान गर्ने जिम्मेवारी प्रदेशसभाका सदस्यहरुलाई रहेको उहाँले बताउनुभयो ।

उद्योग, वन तथा वातावरण समितिकी सदस्य प्रतिमा श्रेष्ठले समानुपातिकतर्फबाट प्रदेशसभा प्रतिनिधित्व गर्नुहुने माननीयलाई दोस्रो दर्जाको रुपमा व्यवहार गर्नु गलत रहेको बताउनुभयो । बागमती प्रदेशका सभासदस्यहरु काठमाडौं केन्द्रीत रहेकाले विद्येयकहरुमाथि प्रशस्त छलफल हुन नसकेको बताउनुभयो ।

संविधानसभा सदस्य विनोद पहाडीले प्रदेशसभा सदस्यहरुले मिडिया मैत्री रुपमा व्यवहार गर्नुपर्ने बताउनुभयो । उहाँले दलित तथा सीमान्तकृत समुदायका प्रदेशसभाका सदस्यहरुले प्रदेशसभा बोलेको कुरा मिडियामा नआएको र आउने गरी एजेण्डा तय गर्न खाँचो रहेको बताउनुभयो ।

संविधानसभा सदस्य तथा जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले सीमान्तकृत समु्दायका प्रदेशसभाका सदस्यहरुको क्षमता अभिवृद्धि गर्न अनुभव आदनप्रदानले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । प्रदेशका साँसद बीच अन्तरप्रदेशिय भम्रणले समेत कानूनी ज्ञानको अभिवृद्धिमा सहयोग पुग्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्