RaraNews

जागरण मिडिया प्रकाशित : २०८१/६/१६ गते
६१ पटक

शर्मिला विश्वकर्मा

आश्विन १६, काठमाडौं ।
जागरण मिडिया सेन्टरले बागमती प्रदेशमा साँसदहरुका विच सञ्चार माध्यममा पहुँच र अन्तर सम्वन्ध विस्तार सम्वन्धि अभिमुखीकरण कार्यक्रम गरेको छ । संसदीय अभ्यासमा समुदायमा पछाडी पारीएका समुदायको मुद्धाको उठानमा मिडियाले खेल्नुपर्ने भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको हो ।
संसद् सहयोग परियोजना संयुक्त राष्ट्रिय विकास कार्यक्रमको सहयोगमा गत सोमबार काठमाडौँमा बाग्मती प्रदेशका सांसदहरू बिच संसदमा प्रभावकारी समन्वय र सञ्चार गर्न वागमती प्रदेशका सांसदहरुलाई मिडियाको भूमिका बढाउन उक्त कार्यक्रम गरिएको जागरण मिडिया सेन्टरका अध्यक्ष तथा संविधानसभाका सदस्या कमला विश्वकर्माले बताउनुभयो ।

संस्थाकी अध्यक्ष कमला विश्वकर्माले सबै सहभागीहरूलाई स्वागत गर्दै विगतका दिनहरूमा पनि बाग्मती प्रदेशका सांसदहरूलाई विभिन्न समयमा संसदमा कसरी प्रस्तुत हुने, कानुन बनाउँदा के कुरामा ध्यान दिनु पर्ने, विधेयक संशोधन र तयारी लगायतका विषयमा छलफल गर्दै आएको बताउनु भयो ।
उहाँले अबका दिनमा बाग्मती प्रदेशका गतिविधिहरू, सांसदले जनताका लागि संवोधन गरिएका कुराहरूलाई जनता सामु ल्याउनका लागि सञ्चार माध्यमको आवश्यक रहेको र ती सञ्चार माध्यमहरूमा कसरी प्रस्तुत हुने भन्ने विषयमा जानकारी गराउने उद्देश्यले सञ्चार माध्यममा पहुँच र अन्तर सम्बन्ध विस्तार सम्बन्धी अभिमुखीकरण कार्यक्रममा आयोजना गरिएको बताउनु भयो ।

सञ्चार माध्यममा पहुँच र अन्तर सम्बन्ध विस्तार सम्बन्धी अभिमुखीकरण कार्यक्रममा मिडिया एडभोकेसी समुहको संस्थापक अध्यक्ष, सञ्चारिका समूह नेपालकी पूर्व अध्यक्ष, समय भित्रको समय कार्यक्रमको प्रस्तोता, वरिष्ठ संचारकर्मी तथा महिला अधिकारकर्मी बविता बस्नेतले बाग्मती प्रदेशका सांसदहरूका लागि मिडियासँगको सम्बन्ध विस्तारका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएकोृ थियो ।
उहाँले बाग्मती प्रदेशका सांसदहरूसँग अन्तरक्रियामा मिडियासंगको साक्षत्कार म्बन्धि अनुभवबार भलाकुसारी गर्दै विभिन्न सञ्चार माध्यमहरूले बाग्मती प्रदेशका संसदीय गतिवितधिहरु नसमेटिएको उल्लेख गर्नुभयो ।
साथै उहाँले मूल प्रवाहमा दर्ता भएका मिडियाहरु छापा, रेडियो, टेलिभिजन, अनलाइन मिडियाहरू, दर्ता नभएका फेसबुक, वेबसाइट, इन्टरनेट, जस्ता नयाँ तथा वैकल्पिक मिडियाहरू पोस्टर, पम्पलेट, सडक नाटक, सोसियल मिडियाहरूका बारेका भिन्नतामाथी प्रष्ट पार्नुभयो ।

उहाँले तथ्याङ्कका आधारमा मूल प्रवाहका मिडियाहरूमा नियमित प्रकाशित हुने पत्रपत्रिकाहरू ७५०, दैनिक समाचार २९६२, ँः ६२८, टेलिभिजन ५१७ वटामा १५३ वटा दर्ता भएको, समाचार अनलाइन ४०६१ रहेको बताउनु भयो । साथै उहाँले सांसदहरूले पनि आचार संहिताको पालना गर्दै विभिन्न सञ्चार माध्यमहरूमा आफ्ना अभिव्यक्तिहरू दिनु पर्ने, सांसदहरूले मिडियाका माध्यम र मिडियाकर्मीहरूलाई बेवास्ता गर्न नहुने, सांसद र सञ्चारकर्मीहरू अन्तर सम्बन्धित हुने बताउनु भयो ।
सो कार्यक्रममा सहभागी बाग्मती प्रदेशका सांसद तथा पूर्व मन्त्री केशव प्रसाद पोखरेलले युवा पुस्तालाई सामाजिक दायित्व, काम कर्तव्यका विषयमा बुझाउनु पर्ने र बाग्मती प्रदेशका सांसदहरूसँग सहकार्य गरेर काम गर्नु पर्ने कुरामा जोड दिनुभयो ।

त्यसैगरी बाग्मती प्रदेश सांसद तथा पूर्व मन्त्री डा.शैलेन्द्रराज बज्राचार्यले केही मिडियाहरूले राजनीतिक दलका व्यक्तिहरूका अभिव्यक्तिहरूलाई नकारात्मक अर्थ दिनेगरी लेखिदिँदा सञ्चारमाध्यम प्रति विश्वास टुट्दै गएको र यस विषयमा सरकार र सांसदहरु जिम्मेवार बन्नुपर्ने बताउदै प्रेस काउन्सिल यस विषयमा संवेदनशील हुनुपर्ने कुरामा जोड दिनुभयो ।

त्यसैगरी बाग्मती प्रदेशका सांसद आशा लामाले अधिकांश मिडियाहरूले अल्पसङ्ख्यक, जनजाति, सीमान्तकृत समुदायका सवालहरूलाई उठाउन नसकेको गुनासो गर्नुभयो ।
साथै अबका दिनमा मिडिया र राजनीतिकदलहरुले एक आपसमा सहकार्य समन्वय गरेर प्रभावकारी काम गर्नु पर्ने धारणाहरु व्यक्त गरिएको थियो ।

प्रतिकृया दिनुहोस्