RaraNews

जागरण मिडिया प्रकाशित : २०८०/९/९ गते
२६२ पटक

काठमाडौं । जागरण मिडिया सेन्टरको आयोजनामा वार्षिक परियोजना समीक्षा सम्पन्न भएकोे छ ।

कार्यक्रम संयोजक वीर बहादुर नेपालीले जागरण मिडिया सेन्टरले वार्षिक रुपमा सम्पादन गरिएका गतिविधिहरुको प्रस्तुती राख्नुभयो । एक वर्षको अवधिका जागरण मिडिया सेन्टरले दलित तथा सीमान्तकृत समुदायका हक अधिकार कार्यान्वयनका लागि कार्यक्रमहरु सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा सल्ल्लाहकार विनोद पहाडीले जागरण मिडिया सेन्टरले सीमान्तकृत समुदायका मुद्धासँगै नयाँ मुद्धामा पनि काम गर्नुपर्ने बताउनुभयो । उहाँले समयअनुकुल नयाँ नयाँ मुद्धामा पनि काम गर्न जरुरी रहेको र जागरण मिडियाको स्थापनादेखिका मुद्धा चाहि कहिले पनि बिर्सन नहुने बताउनुभयो ।

‘दलित समुदायका स्थापित साथीहरु स्थापित मिडियामा पहुँच पुग्न सकेको छैन, त्यसलाई जोड्न जागरणको भूमिका विशेष हुनेछ’ पहाडीले भन्नुभयो । नेपालको दलित आन्दोलनको सही दिशामा अगाडि बढाउनु भूमिका खेल्नुपर्ने पहाडीको दावी थियो ।

अध्यक्ष कमला विश्वकर्माले जागरण मिडिया सेन्टरका वार्षिक गतिविधि समयसीमा भित्र सम्पादन गर्ने कर्मचारी प्रति धन्यवाद व्यक्ति गर्नुभयो । उहाँले संस्थाका पदाधिकारी र कर्मचारीको सहयोगकाा कारण यो संस्थाले उचाई लिन सफल बनेको बताउनुभयो । वार्षिक परियोजना समीक्षा कार्यक्रममा संस्थाका पदाधिकारी, सल्लाहकार र कर्मचारीको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्