RaraNews

जागरण मिडिया प्रकाशित : २०८०/७/२० गते
२८३ पटक

काठमाडौ । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संसदीय अभ्यासलाई राजनीतिक संस्कारयुक्त बनाउन खाँचो रहेको बताउनुभएको छ । उहाँले संसदीय अभ्यासलाई राजनीतिक संस्कार अनुसार अगाडि बढ्न सकेको अवस्थामा मात्र जनताका आधारभूत समस्या सम्वोधन गर्न सहज हुने बताउनुभयो ।

जागरण मिडिया सेन्टर र युएनडीपीको सहयोगमा संसदीय अभ्यासमा प्रभावकारी प्रस्तुतीकरण सम्वन्धी अभिमुखीकरण कार्यक्रममा पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले गणतन्त्र स्थापना सामाजिक, आर्थिक परिर्वतन गर्नुपर्ने बेलामा दलहरुमा नै विचलन देखिएको उहाँले बताउनुभयो । पुराना राजनैतिक दलहरु फुटेर साना साना हुँदा गणतान्त्रिक शासन व्यवस्थामा विकृति देखिएको उहाँले बताउनुभयो । “गणतन्त्रमा सबैले न्याय र समानता हुन्छ भन्ने थियो । देश समृद्ध हुन्छ । तर, त्यस्तो हुन सकेको छैन,” उहाँले भन्नभयो ।

संविधानसभा सदस्य विनोद पहाडीले चार वर्षको अवधिमा जनताको धरै काम गर्न सकिने बताउनुभयो । पहाडीले भन्नुभयो,“संसदीय समिति चनाखो बनेर काम गरे राज्य संयन्त्रहरुले मान्नुपर्ने हुन्छ । त्यसैले जनताका प्रतिनिधिहरु सधै जनमुखी काम गर्न चनाखो बन्नुपर्छ ।”

पूर्व साँसद पार्वती विशुङखेले जनताका पक्षमा नीति तथा कानून बनाउने सन्दर्भ जनप्रतिनिधिहरु चनाखो बन्नुपर्छ । जनताका आधारभूत समस्या समाधानका लागि साँसदको भूमिका प्रभावकारी हुनुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा जागरण मिडिया सेन्टरका अध्यक्ष तथा संविधानसभा सदस्य कमला विश्वकर्माले जनचासोका सवालमा संसदहरु संसदीय समितिहरुमा निरन्तर रुपमा बोलिरहनुपर्ने बताउनुभयो ।सो कार्यक्रम सञ्चालन जागरण मिडिया सेन्टरका कार्यक्रम संयोजक बीर बहादुर नेपाली गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्