RaraNews

प्रकाशित : २०७७/१०/५ गते
१७५५ पटक

संगीतकार एवं वाद्यवादक गणेश परियारको ७६ वर्षको उमेरमा निधन भएको छ। छातीमा खराबी देखिएपछि उपचारका लागि ओम अस्पताल भर्ना भएका संगीतकार परियारको आईतबार उपचारका क्रममा निधन भएको हो। उहाँले रेडियो नेपालमा दुुई दशक भन्दा बढी सेवा गर्नु भएको थियो । उहाले संगीत दिएका थुप्रै गीतहरु चर्चित छन्। गायक, संगीतकार, भ्वाइलिनवादक आदिका रुपमा पनि उनलाई चिन्ने गरिन्छ ।

प्रतिकृया दिनुहोस्