RaraNews

जागरण मिडिया प्रकाशित : २०७७/१२/८ गते
७५९ पटक

सीता बि.के.,

जातीय विभेद अन्त्यका लागि सामाजिक चेतनाको विकास गर्न जरुरी रहेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन । “जातीय विभद विरुद्ध युवा” भन्ने नाराका साथ मनाईएको ५६ औं अन्तर्राष्ट्रिय जाती तथा रंगभेद उन्मुलन दिवसको अवसरमा आईतबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन । राष्ट्रिय दलित आयोगले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले जब सम्म व्यक्तीको सोचमा परिवर्तन आउदैन तब सम्म जातीय विभेद समाजबाट हट्न नसक्ने धारणा राखेका थिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी तथा लुम्बिनी प्रदेशका प्रमुख शंकर पोख्रेलले जातीय विभेद विरुद्ध संगठित भएर साझा मुद्धामा मिलेर सकारात्मक अभियानको थालनि गर्न आग्रह गर्नु भयो । उहाँले भन्नु भयो “ राज्य जातीय विभेदका सवालमा गम्भीर छ, जातीय विभेद गर्नु दण्डनिय र अपराध हो, त्यसैले राज्यले बिभिन्न ऐन कानुनहरु पनि बनाएको छ, यस बिषयमा समाजका सबै तह,तप्काको सहयोग हुन जरुरी छ ।” उहाँले पछिल्लो साझा मुद्धामा बिभाजित भएर लाग्दा सोचे जति परिर्वतन हुन नसकेको तर्क राख्नु भयो ।


कार्यक्रममा बोल्ने वक्राहरुले जातीय विभेद कहिले सम्म ? अन्तरजातीय विवाहका कारण दलित कहिले सम्म मारिनु पर्ने ? दलित भएकै कारण कोठा पाउन गाह्रो किन ? जातीय बिभेदका घटनाको न्याय खै ? लगायतका प्रश्न गरेका थिए । उनीहरुले कानुन कार्यान्वय फितलो भएको हुदा कानुन कार्यान्वय गराउने निकाय अझ बढि जिम्मेवार बन्नुपर्ने कुरा औल्याएका थिए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य आशा कुमारी बि.क.,राष्ट्रिय सभा सदस्य नरपती लोहार,राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगर,राष्ट्रिय महिला आयोगका सदस्य कृष्ण कुमारी पौडेल खतिवडा,आदिवासी जनजाती आयोगका अध्यक्ष राम बहादुर राना,दलित आयोगका प्रमुख सल्लाहकार प्रा.डा.जगदिश बैद्य,समाजसेवी लव प्रसाद त्रिपाठी, अधिकारकर्मी मिना स्वर्णकार लगायतले आ आफ्ना भनाई राख्नु भएको थियो ।

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको अध्यक्षता, लुम्बिनी प्रदेशका प्रमुख शंकर पोख्रेलको प्रमुख आतिथ्यता ,उद्योग वाणिव्य तथा आपुर्ति राज्य मन्त्री बिमला बिश्वकर्माको बिशिष्ट आतिथ्यता र आयोगका सदस्य मिना देवी सोवको धन्यवाद ज्ञापनमा भएको कार्यक्रममा जातीय विभेद्ध विरुद्ध लाग्ने प्रतिवद्धता जनाएका थिए ।

प्रतिकृया दिनुहोस्