RaraNews

जागरण मिडिया प्रकाशित : २०८०/९/१४ गते
१४० पटक

काठमाडौं । जागरण मिडिया सेन्टरको आयोजनामा सन् २०२४ देखि २०२८ सम्मको रणनीतिक योजना कार्यशाला काभ्रेपलाञ्चोकको धुलिखेलमा पुस ६ र ७ गते सम्पन्न भएको छ ।

रणनीतिक योजना कार्यशालाको सहजीकरण छत्र केसीले गर्नुभयो। पहिलो,रणनीतिक योजनाको महत्त्वसँग सम्बन्धित सैद्धान्तिक ज्ञानको पक्षबारे चर्चा गर्नुभयो। २०२४ देखि २०२८ का लागि रणनीतिक योजना निर्माण गरेको छ । रणनैतिक योजना अनुसार संस्थाले गति लिन संस्थाका पदाधिकारीहरु लाग्नुपर्ने सहभागीको भनाई थियो ।

कार्यशाला जागरण मिडिया सेन्टरका उद्देश्य र लक्ष्यहरु र अबको गन्तव्यको बारेमा चर्चा गरिएको थियो । जागरण मिडिया सेन्टरका बोर्ड सदस्य र कर्मचारीबीच दुई समूहमा विभाजन गरिएको अभ्यास थियो ।

दोस्रो दिन सहजकर्ता केसीले जागरण मिडिया सेन्टरका सबल पक्ष, कमजोरी र चुनौतीलाई दुई समूहमा विभाजन गरी छलफल गरेका थिए । त्यसपछि संगठनको रणनीतिक योजना बनाउने विषयमा छलफल भएको थियो । कार्यक्रममा संस्थाकी अध्यक्ष कमला विश्वकर्माले रणनीतिक योजना अनुसार काम गरेर यो उचाइमा पुग्न सफल भएको बताइन् ।

उनले जागरण मिडिया सेन्टरलाई यो उचाइमा पुर्‍याउन सहयोग गर्ने सल्लाहकार, बोर्ड सदस्य र कर्मचारीहरूप्रति आभार व्यक्त गरे। जागरण मिडिया सेन्टरकी अध्यक्ष कमला विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कार्यक्रम संयोजक वीरबहादुर नेपालीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्