RaraNews

जागरण मिडिया प्रकाशित : २०८०/९/१५ गते
३१६ पटक

काठमाडौं । दलित समुदायका हक अधिकारहरु जोगाउन दलित आन्दोलनको नेतृत्व युवा पुस्ताले गर्नुपर्ने देखिएको छ । संवैधानिक रुपमा व्यवस्था गरिएका हक अधिकारहरु समेत पछिल्लो समयमा गुम्ने खतरा रहेकोले आन्दोलन जरुरी रहेको एक कार्यक्रमका सहभागीले बताउनुभएको छ ।

जागरण मिडिया सेन्टरले आयोजना गरेको नेपालको दलित आन्दोलनमा युवा पुस्ताको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले दलित आन्दोलनले गति लिन नसकेको अवस्थामा संविधानले व्यवस्था गरेका अधिकार समेत गुम्न चुनौती रहेको बताउनुभएको थियो ।

संविधानसभा सदस्य विनोद पहाडीले भन्नुभयो “दलित आयोग लगायत आयोगहरु दश वर्षमा पुनवोलन गर्ने भनिएको छ । नयाँ उदाएका पार्टीहरु समावेशी नीति छैन । सिंगो दलित आन्दोलन सुसूप्त भएको बेला आन्दोलनलाई उठाउन र दलित हक अधिकारलाई जोगाई राख्न युवा र विद्यार्थीको पहल महत्वपूर्ण हुन सक्छ ।”

पहाडीले भन्नुभयो “आक्षरण व्यवस्थामाथि नै प्रहार भइरहेको दलित आयोग र पार्टीका दलित संगठनहरुले प्रतिक्रिया दिन सकेका छैनन् । दलित समुदायले प्राप्त उपलब्धीलाई संस्थागत गर्न दलित आन्दोलनमा य्ुवा पुस्ताको नेतृत्व चाहिएको छ ।”

जागरण मिडिया सेन्टरका अध्यक्ष तथा संविधानसभा सदस्य कमला विश्वकर्माले संविधानले व्यवस्था गरेका हक अधिकारलाई जोगाउन दलित आन्दोलन जुरमुराउन आवश्यक रहेको बताउनुभयो ।
त्रिभुवन विश्वविदालयका उप प्राध्यापक तिलक विश्वकर्माले दलित आन्दोलनको नेतृत्व राजनीतिक दल, नागरिक समाज कसले गरेको छ भनेर प्रश्न गर्नुभयो । उहाँले दलित आन्दोलनको नेतृत्वको अभाव रहेको औंल्याउनुभयो ।

क्रान्तिकारी कम्युनिष्ट पार्टीका राम नेपालीले संघर्ष नै शक्ति भएकाले दलित आन्दोलन शसत्त बनाउन जरुरी रहेको बताउनुभयो । लेखक जेवी विश्वकर्मा संविधानमा दलितका लागि केही व्यवस्था गरेका कारण दलित आन्दोलनको दिशा प्रष्ट नभएको बताउनुभयो ।

दलित मुक्तिमोर्चा पदम विश्वकर्मा, मुक्ति समाजका सम्झना परियार, नवीन घताने समाजवादी दलित मुक्ति संगठनका प्रदिप घतालले दलित आन्दोलनको गरिमालाई स्थापित गर्न नसकेको बताउनुभयो । संविधानमा हाम्रो अधिकार लिपीवद्ध गरिएसँगै हाम्रो आत्मसम्मान स्थापित गर्न नसकेको बताउनुभयो ।

कार्यक्रममा भगत सार्वजित स्मृतिका रामलाल रावजंशी, दलित अभियान्ता खगेन्द्र सुनार, र पत्रकार मिलन परियार, रेम विकले दलित आन्दोलनलाई उचाईमा ल्याउन युवा पुस्ताले आन्दोलनको नेतृत्व गर्नुपर्ने बताउनुभयो ।

राम नेपालीको संयोजकत्वमा संयुक्त युवा–विद्यार्थी दवाव समूह गठन
दलित आन्दोलन सुस्ताएका बेला काठमाडौमा संयुक्त युवा–विद्यार्थी दवाव समूह गठन भएको छ । जसको संयोजकत्वमा राम नेपाली रहनुभएको छ । नेपालीको संयोजकत्वमा ५ सदस्य समिति विस्तार भएको छ । सदस्यहरुमा रामलाल राजवंशी, प्रदिप घताने, राजु सुनार सम्झना परियार रहनु भएको छ ।

 

 

 

प्रतिकृया दिनुहोस्