RaraNews

जागरण मिडिया प्रकाशित : २०८०/९/९ गते
१२६ पटक

काठमाडौं । जागरण मिडिया सेन्टरको आठौं अधिवेशनबाट अध्यक्षमा कमला विश्वकर्मा निर्वाचित हुनुभएको छ ।

विश्वकर्माको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।

उपाध्यक्षमा दिनेश परियार, महासचिव वीर बहादुर नेपाली र कोषाध्यक्षमा जगलाल नेपाली निर्वाचित हुनुभएको हो । सदस्यहरुमा भीम बहादुर नेपाली, रमेश वादी लगायतका रहनुभएको छ ।

विश्वकर्मा यसअघि पनि अध्यक्ष हुनुभएको थियो । संविधानसभा सदस्य तथा दलित आन्दोलनमा लामो समय खर्चिनुभएकी विश्वकर्माको नेतृत्वले जागरणले नयाँ उचाई पाउने छ ।

सुवास दर्नालको स्मृतिमा स्थापित पुरस्कारबाट सेतोपाटी डटकमकी सुवेदी
जागरण मिडिया सेन्टरका संस्थापक अध्यक्ष सुवास दर्नालको स्मृतिमा स्थापित पुरस्कारबाट सेतोपाटी डटकममा कार्यरत विनु सुवेदी सम्मानित हुनुभएको छ । १० हजार पुरस्कार राशीको पुरस्कारबाट सुवेदी सम्मानित हुनुभयो ।

जातीय विभेद अझै कायम हुनु दुर्भाग्यपूर्ण ः बाग्मती प्रदेश सभाका सभामुख भुवनकुमार पाठक
बाग्मती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले समाजमा जातीय विभेद अझै कायम हुनु दुर्भाग्यपूर्ण रहेको औंल्याउनुभएको छ ।

जागरण मिडिया सेन्टरको २४ आंै साधारणसभा तथा ८ औ अधिवेशन धुलिखेलमा उद्धघाटन गर्दै सभामुख पाठकले त्यस खाले विभेद कम गर्नको लागि सञ्चार क्षेत्रलाई कलम चलाउन अनुरोध गर्नुभयो ।बाग्मती प्रदेश सभामा माओवादी केन्द्रका मुख्य सचेतक रत्नप्रसाद ढकालले परिवर्तनको आन्दोलनमा जागरण मिडिया सेन्टरले महत्वपूर्ण भूमिका खेलेको तर्क गर्नुभयो ।

कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य भुवनेश्वरी श्रेष्ठले उत्पीडित वर्गको मुद्धा उठाउन सञ्चार क्षेत्रले भूमिका खेल्नुपर्ने बताउनुभयो । संविधान सभा सदस्य समेत रहेका मिडिया सेन्टरका सल्लाहकार विनोद पहाडीले २०७४ सालको निर्वाचनपछि दलित आन्दोलन चीर निद्रामा भएको तर्क गर्दै न्यायको लागि आन्दोलित हुनुपर्ने बताउनुभयो ।

संविधान सभा सदस्य रहेकी जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले दलित माथि हुने विभेद मानवअधिकारको हनन भएको भन्दै त्यस्ता मुद्धा बाहिर ल्याउनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिनाले जातीय मुद्धा भन्दा पनि दलितका सबाललाई सामाजिक मुद्धाकै रुपमा सञ्चार क्षेत्रले उठान गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा नेपाल दलित संघका नेतृ मिरा नेपाली, पनौती नगरपालिकाको कार्यपालिका सदस्य चण्डिका परियार, नेपाल दलित मुक्ति मोर्चाका जिल्ला संयोजक दिपेन्द्र सुर्खेती, नेपाल उत्पीडित जातिय मुक्ति समाजका काभ्रे अध्यक्ष तेज नेपाली, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेका सचिव सुरज श्रेष्ठ, जागरण मिडिया सेन्टरका बरिष्ठ उपाध्यक्ष मिलन परियार लगायतले दलित माथि हुने विभेद अन्त्यको लागि सञ्चार क्षेत्रले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्