RaraNews

जागरण मिडिया प्रकाशित : २०८०/१०/१५ गते
३२९ पटक

सीता बि.के.काठमाडौ

रैथाने शिल्पकला तथा संस्कृतिहरुको संरक्षण,प्रर्वद्धन गर्न छुट्टै विश्वबिद्यालय आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । उनीहरुले एका तर्फ रैथाने शिल्पकला तथा संस्कृति लोप हुदै जाने अर्का तर्फ रोजगारीका लागि लाखौ युवा विदेशिनु पर्ने प्रवृतिलाई रोक्न पनि विश्वबिद्यालय हुन जरुरी रहेको बताएका हुन । रैथाने शिल्पकला तथा सम्पदा प्रतिष्ठान र राष्ट्रिय सरोकार नागरिक अभियानको संयुक्त आयोजनामा शनिवार काठमाडौमा आयोजित सरोकावालाहरुसंगको परामर्श कार्यक्रममा बोल्ने वक्ताहरुले रैथाने शिल्पकला तथा संस्कृतिहरुको संरक्षण,प्रर्वद्धनमा सरकारले ध्यान दिनु पर्ने धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा प्रतिनिधि सभाका सदस्य भानु भक्त जोशीले रैथाने शिल्पकला तथा संस्कृतिहरुको संरक्षण,प्रर्वद्धन गरि स्वदेशमा रोजगारी सृजना गर्ने गरि विश्वबिद्यालय स्थापना गर्ने कुरा सकारात्मक रहे पनि यसबारे अझै बृहत अध्ययन,समन्वय जरुरी रहेको बताउनु भयो । उहाँले रैथाने शिल्पकला,संस्कृतिको संरक्षण हुदाँ नेपाली पहिचाहन रहन बताउनु भयो ।

त्यस्तै प्रतिनिधि सभाका कालुराम राईले भने विश्वबिद्यालयको आवश्यकता जरुरी छ छैन भनेर अध्ययन गर्न जरुरी रहेको बताउनु भयो ।
राष्ट्रिय सभा सदस्य तुल बहादुर विश्वकर्माले रैथाने शिल्पकला तथा संस्कृतिहरुको संरक्षण गर्ने दायित्व सरकार र समुदाय दवैको भएकाले समन्वय गरेर अगाडि बढाउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुतकर्ता तथा नेपाल सरकारका पुर्वसचिव डा.मान बहादुर विश्वकर्माले रैथाने शिल्पकला तथा संस्कृतिको संरक्षण,प्रर्वद्धन सहित देशमा रोजगारी सृजना गर्न छुट्टै विश्वबिद्यालय आवश्यक रहेको कुरामा जोड दिनुभयो ।
उहाँले बिद्यार्थीहरु सिक्दै,कमाउदै,रमाउदै अगाडि बढ्ने वातावरण हुने भएकाले अरु विश्वबिद्यालय भन्दा फरक हुने बताउनु भयो । उहाँले रैथाने शिल्पकला तथा संस्कृतिहरुको संरक्षण,प्रर्वद्धन गर्न छुट्टै विश्वबिद्यालय अवधारणा अगाडि सारीएकाले सरकार तथा सरोकारवालाहरुसंग सल्लाह,सुझाव र सहयोगको अपेक्षा लिएको विश्वास व्यक्त गर्नु भयो ।

त्यस्तै राष्ट्रिय सरोकार नागरिक अभियानका अध्यक्ष जितु गौतमले लोप हुदै गएका रैथाने शिल्पकला तथा संस्कृतिहरुलाई जोगाउन र बढ्दो बेरोजगारीलाई कम गर्न रैथाने शिल्पकला तथा संस्कृति विश्वबिद्यालयको जरुरी रहेको भनाई राख्नु भयो । उहाँले भर्खरै यसबारे बहस शुरु भएकाले आगामि दिनमा पनि यसबारे अध्ययन,खोज,बहस निरन्तर जारी रहने बताउनु भयो ।

कार्यक्रममा प्रतिनिधि सभाका सदस्यहरु ,राष्ट्रिय सभाका सदस्यहरु ,बिभिन्न प्राज्ञिक व्यक्तित्व,पेशागत संगठनका प्रतिनिधि लगायतहरुले रैथाने शिल्पकला तथा संस्कृतिहरु संरक्षण र प्रर्वद्धन गर्न सबै जुट्नु पर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस्