RaraNews

जागरण मिडिया प्रकाशित : २०८०/१२/९ गते
११५ पटक

‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ आजबाट विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौमा शुरू भएको छ । नेपालमा पहिलो पटक हुन लागेको यो सम्मेलनको १६औं संस्करण हो ।
सम्मेलनको उद्घाटनसत्र अघि बिभिन्न सांस्कृतिक झाँकी,बाजागाजा प्रस्तुत गरिएको थियो । भृकुटीमण्डपबाट शुरू भएको सांस्कृतिक झाँकी सहितको ¥याली भद्रकाली, सुन्धारा, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा पुगेको हो । बिभिन्न प्लेकार्ड बोकेको ¥यालीमा जातीय,लैगिक,श्रमीक लगायतका असमान्ता अन्त्य हुनुपर्ने नारा लगाईएको थियो ।
सम्मेलन फाल्गुन ३ देखि ७ गतेसम्म काठमाडौंमा चल्ने छ । सम्मेलनका लागि विभिन्न देशका सामाजिक आन्दोलनमा सहभागी अगुवा, अभियन्ता तथा नागरिक काठमाडौंमा आइपुगेका छन्।
सम्मेलनमा आर्थिक असमानता र न्याय, श्रम, आप्रवासन, दासत्व, मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछूत र हिंसा, खाद्य सम्प्रभुता, शान्ति, द्वन्द्व, सञ्चार, कानुन, स्वास्थ्य, शिक्षा लगायतका सवालमा पाँच दिनसम्म वैकल्पिक विश्वबारे विचारविमर्श हुने छ ।

प्रतिकृया दिनुहोस्