RaraNews

जागरण मिडिया प्रकाशित : २०८१/६/९ गते
८७ पटक

९ असोज, शर्मिला विश्वकर्मा, काठमाडौँ

Asia Dalit Rights Forum लगायत दलित नागरिक समाज र दर्जन भन्दा बढी संघ संस्थाहरूद्वारा सामाजिक सुरक्षा, जलवायु परिवर्तन, लैङ्गिक असमानता न्यूनीकरण, आर्थिक न्याय र सामाजिक सुरक्षाका लागि आज काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन् ।

सो प्रदर्शनीमा Asia Dalit Rights Forum का महासचिव भक्त विश्वकर्माले लैङ्गिक समानता सुनिश्चित, सामाजिक सुरक्षा, आर्थिक न्याय तथा दलित समुदायका अधिकारका लागि सबै एक जुट भएर अगाडी बढ्नु पर्ने भन्दै यस प्रदर्शनीको उद्देश्य माथि प्रकाश पार्नु भयो । त्यसै गरी जागरण मिडिया सेन्टरकी अध्यक्ष कमला विश्वकर्माले संवैधानिक अधिकारलाई कानुन बनाउने र कार्यान्वयनमा जोड दिने भन्दै  सामाजिक सुरक्षा, आर्थिक न्याय र समानताका लागि सबै नागरिक समाज र संघ संस्थाहरू एक जुट हुनु पर्ने बताउनु भयो ।

सो प्रदर्शनीमा लक्ष्मी परियार,सञ्जु विश्वकर्मा लगायतका अधिकारकर्मीहरूले आ-आफ्नो धारणा व्यक्त गर्नु भएको थियो । Asia Dalit Rights Forum लगायत दलित नागरिक समाजले आयोजना गरेको उक्त प्रदर्शनीमा दर्जन भन्दा बढी संघ संस्थाहरूको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्