RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/१२/१४ गते
२४८ पटक

सीता बि.के.

महिला अधिकार स्थापित गराउन नवनिर्वाचित महिला सांसदहरु अझै बढि चनाखो हुनुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । उनीहरुले राजनीतिक दलहरु महिला प्रतिनिधित्व गराउँने सवालमा झन झन कठोर बन्दै गएको भन्दै महिला सांसदहरुले संगठित हुदै शशक्त भुमिका खेल्नु पर्ने बताएका हुन ।

सोमबार संकल्पले आयोजना गरेको प्रतिनिधि सभाका महिला सांसदहरुको बधाई तथा शुभकामना कार्यक्रमका वक्ताहरुले सो कुरा बताएका हुन । उनीहरुले राजनीतिक दलहरुले र,वा,तथा,किन्तु र परन्तु जस्ता शब्द खोजेर महिलाको अधिकारलाई लत्याएको भन्दै आक्रोस व्यक्त गरेका थिए ।

कार्यक्तममा बोल्ने वक्ताहरुले संबिधानको मर्म बिपरित बिभिन्न बाहनामा महिलाहरुलाई पाखा लगाउदै आएको आरोप लगाएका छन ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले महिलाहरुले आफ्नो अधिकारका लागि अझै शशक्त आवाज उठाउँनु पर्ने बताउनु भयो । उहाँले महिलाहरुले पनि प्रतिस्पध्रि भावनाको विकास गरि अब हरेक ठाउँमा हस्तक्षेप गर्न सक्नु पर्ने धारणा राख्नु भयो ।

त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा रानाले महिला अधिकारका स्थापित गराउन अग्रज महिलाहरुले धेरै ठुलोे संघर्ष गरेको बताउनु भयो । उहाँले अब प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप अधिकारका लागि सबै एकजुट भएर लाग्नु पर्ने धारणा राख्नु भयो ।

त्यस्तै राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले संबिधानमा उल्लेख भएका अधिकार स्थापित गराउन अझै संर्घष गर्नु पर्ने बताउनु भयो । उहाँले महिला आयोगले पनि महिला अधिकार रक्षा गर्न आयोग निरन्तर लागि परेको धारणा राख्नु भयो ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लीली थापाले महिला मानव अधिकारको अवस्था झन झन कमजोर हुदै गएकोमा चिन्ता व्यक्त गर्नु भयो । उहाँले महिला अधिकारका लागि राजनीतिक दलको आस्था भन्दा माथी उठेर आवाज उठाउँनु पर्ने भनाई राख्नु भयो । उहाँले नोपलको संबिधान अनुरुप हरेक ठाउँमा महिलाको एकतिहाई सहभागितालाई बाध्यकारीरुप कार्यान्वयन गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

कार्यक्रममा बिभिन्न क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र बिशिष्ट अतिथि प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा रानाले दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले नवनिर्वाचित सांसदहरुलाई बधाई दिदै महिलाको अधिकार सुनिश्चित गराउन सक्रियताका साथ लाग्न शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस्