RaraNews

नेपाल मतदाता अधिकार मञ्चको नयाँ कार्यसमिति चयन, अध्यक्षमा भक्त विश्वकर्मा

नेपाल मतदाता अधिकार मञ्चको बार्षिक साधारण सभाले नयाँ कार्य समिति चयन

जागरण मिडिया प्रकाशित : २०८१/२/६ गते
३८२ पटक

काठमाडौं ।
नेपाल मतदाता अधिकार मञ्चको बार्षिक साधारण सभाले नयाँ कार्य समिति चयन गरेको छ । मञ्चको अध्यक्षमा अधिवत्ता तथा अधिकारकर्मी भक्त विश्वकर्मा निर्विरोध चयन हुनुभएको छ ।
त्यसैगरी मञ्चको कार्यसमितिको उपाध्यक्षमा निर्मला शर्मा ढुगाँना रहनुभएको छ । महासचिवमा शान्ति भण्डारी, सचिव कृष्ण प्रसाद शाह र कोषाध्यक्षमा नन्द कुमारी सरै निर्वाचित हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा सिमा खाँ,  मिना पौडेल, शुसिल विके., शान्ता न्यौपाने, कालिका खड्का, खिमानन्द देवकोटा, पवन गौतम र विरु नेपाली निर्वाचित हुनुभएको छ ।
१५ सदस्यीय कार्य समितिको २ वटा रिक्त पदाधिारीहरुमा एक जना यौनिक तथा लैंगिक अल्पसख्यक समुदायबाट र एक जना खुला सदस्य मनोनयन गरीने भएको छ ।
कार्यसमिति चयनका लागि अधिकृत तथा अधिवक्ता श्याम कुमार विश्वकर्माले सर्वपक्षिय सहमतीय ढंगले विधान बमोजिम निर्वाचन सम्पन्न गराउनुभएको थियो ।
संस्थाको समयावधी ३ वर्षे कार्यकाल रहने छ ।
लुज नेटवर्कको रुपमा स्थापित नेपाल मताधिकार मञ्चमा सिमान्तकृत समुदायको सामाजिक न्याय, आर्थिक ससत्तिकरण लैगिंक समानता र समता, अधिकारको क्षेत्रमा क्रियाशील करिब ३ दर्जन नागरीक संघसंस्थाहरु सदस्य संस्थाको रुपमा जोडिएका छन् ।
मञ्च सन २०१७ फरवरी २२ मा लुज नेटवर्कको रुपमा स्थापना भएको हो । मञ्चले  मतदाता शिक्षामा नागरिक र राजनीतिक अधिकारको सुनिश्चितताका लागि नीतिगत वकालत, पैरवी र शसक्तीकरणका कार्यहरु गर्दै आईरहेको छ ।

नव निर्वाचित अध्यक्ष तथा अधिकारकर्मी भक्त विश्वकर्माले मञ्चले नेपालका दलित, महिला, मधेसी अपांगता र यौनिक तथा लैंगिक अल्पसख्यक र सिमान्तकृत समुदायको मताधिकारको बारेमा पैरवी र वकालत गर्न ससक्त ढंगले लाग्ने बताउनुभयो ।
यसका लागि आन्दोलनलाई सफल पार्न अधिकार प्राप्त गर्न सम्पूर्ण न्यायकर्मी, मानवअधिकारकर्मी, अधिकारकर्मी सामाजिक अभियन्ता नागकि समाज तथा पत्रकार जगतलाई समेत अभियानमा जोडिन आह्वान गर्नुभयो ।

उहाँले हाम्रा अधिकार र आवाजको प्रतिनिधीत्व गराउन सामुहिक आवाज र संगठित दवावको खाँचो रहेको बताउनुभयो ।

उहाँले संस्थाको स्थापना कालको पहिलो चरणमा निर्वाचनका वेला २ लाख बढि दलित, महिला, युवा र सिमान्तकृत समुदायलाई मतदाता शिक्षा दिएको उल्लेख गर्नुभयो ।
वैदेशिक यात्राका यवाहरुलाई लक्षित गरी ह्याण्ड वुक सुचना, मतादातमा प्रविधीको प्रयोग, ह्याट ईनफरमेसन, डिसईन्फरमेसन, मिसईनफर्मेसन सम्बन्धमा दलित महिला, युवा र सिमान्तकृत समुदाय गरी १० लाखलाई  तालिम दिएको थियो । मतादाता अधिकार मञ्चले अहिले कानुन तथा नागरिक समाजका विज्ञ पत्रकार र अधिकारकर्मीहरुको विचमा नेपाल निर्वाचन ऐनको मस्यौदा उपर अध्ययन तथा छलफल चलाईरहेको छ ।

मञ्चको वार्षिक साधारणसभामा निर्वतमान महासचिव टीका दाहालले वार्षिक प्रगतिप्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
उहाँले आन्दोलन र अभियानलाई सफल पार्न सबै अधिकारकर्मीको ऐक्यवद्धता आवश्यकता रहेको बताउनुभयो । उहाँले शान्तिपुर्ण लोकतान्त्रिक आन्दोलनमा समेत राज्यले वल प्रयोग गर्ने, अधिकारकर्मीलाई दमन गर्ने सोंच र प्रवृतिको अन्त्य गर्न सम्पूर्ण न्यायकर्मी एकजुट हुनुपर्ने उल्लेख गर्नुभयो ।
त्यसैगरी संस्थाका निवर्तमान कोषाध्यक्ष ठाकुर भण्डारीले संस्थाको परियोजना खर्च र आय विवरण सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
वार्षिक साधारण सभामा उत्सव महराले गृहमन्त्रालयमा १० महिनादेखी विचाराधीन् निर्वाचन ऐनको मस्यौदाका महत्वपूण विषयहरु प्रस्तुत गर्नुभएको थियो ।
मञ्चले आगामी दिनहरुमा नागरिक समाजिक संघसंघसस्थाहरुसंग सहकार्य गर्ने, सांसदहरुसंग सम्वाद गर्ने, राजनीतिक दल तथा भातृसंगठनहरुसंग सम्बाद गर्ने, विभिन्न आयोगहरुसंग अन्तरक्रिया गर्ने, र सम्बन्धित सरोकारवालाहरुसँग जनवकालत तथा भेटघाट गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस्