RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/९/११ गते
३०८ पटक

काठमाडौं । दार्चुला र बैतडी जिल्लाका महिलाहरु कानूनी रुपमा साक्षर बनेका छन् । कानूनी रुपमा अनविज्ञ रहेका यहाँका महिलाहरुले कानूनी ज्ञानको अभावमा अन्याय भोगिरहेका थिए ।

जागरण मिडिया सेन्टरद्धारा युएनडीपीको संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजनाबाट ५ हजार ५ सय ४ जनालाई कानूनी साक्षरता कक्षा सञ्चालन गरिएको मध्ये ८२ प्रतिशत महिला कानूनी रुपमा साक्षर भएका छन् । जातीयत आधारमा ६२.४७ प्रतिशत दलित समुदाय कानूनी रुपमा साक्षर बनेका छन् ।

बैतडीका दशरथ नगरपालिका–४, की पार्वती भुललाई जातीय भेदभाव तथा छुवाछूत भोगिरहन बाध्य भएपनि न्यायिक उपचारका लागि कहाँ उजुरी गर्ने जानकारी थिएन् ।

न्यायिक उपचारका लागि स्थानीय न्यायिक समिति, प्रहरी कार्याल, जिल्ला अदालत उजुरी गर्नुपर्ने थाहा भएको बताइन । जागरण मिडिया सेन्टरद्धारा युएनडीपीको संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना अन्तरगत कानूनी सचेतना, कानूनी घुम्ती शिवर, समुदाय सँवाद कक्षाले भुललाई उत्साहित बनाएको छ ।

जातीय छुवाछूत विरुद्ध कानूनी लडाईका लागि उजुरी गर्ने निकाय, न्यायिक प्रक्रियामा आर्थिक रुपमा विपन्नका लागि निःशुल्क परामर्श पाइने थाहा पाएपछि अब अन्याय नसहने अठोट गर्नूभएको छ ।

दार्चुला जिल्ला मालिकार्जुन गाउँपालिका १ प्रतिमा नेपालीले दलित तथा महिलाहरु माथि हिंसा भएपनि गुपचुप बसिरहेकी थिइन । न्यायमा पहुँच परियोजना अन्तरगत कानूनी साक्षरता कक्षापछि न्यायका लागि स्थानीय न्यायिक समिति, प्रहरी कार्यालय तथा अदालतमा उजुरी गर्न पाइने थाहा भयो ।

दार्चुला जिल्लाको महाकाली नगरपालिका, मालिकाअर्जुन गाउँपालिका बैतडी जिल्लाको दशरथ नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिकामा युएनडीपीको संस्थागत विकासका लागि न्यायमा पहुँच सञ्चालित परियोजनाबाट यहाँका दलित तथा महिलाहरु कानूनी रुपमा साक्षर बनेका छन् ।

युएनडीपीको संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजनाको पैरवी अधिकृत सुरेश सेरलाले पहिला कानूनी ज्ञानको अभाव रहेका यहाँ नागरिकहरुमा कानूनी ज्ञानको अभिवृद्धि भएको बताउनुभयो ।

कानूनी सचेना, घुम्ती शिवर सञ्चालनले स्थानीय तहसँग सम्वन्ध, न्यायिक समितिको काम कर्तव्य र अधिकारका सवालमा ज्ञानको अभिवृद्धि भएको पैरवी अधिकृत सेरलाले बताउनुभयो ।

परियोजनाबाट ८९ ओटा कानूनी सचेतना कार्यक्रमबाट ४ हजार ५ सय १४ जना, १० ओटा समुदायमा संवादबाट ५ सय, १० कानुनी घुम्ती शिविर ४ सय ९० जना गरी कुल ५ हजार ५ सय ४ लाभान्वित भएको जागरण मिडिया सेन्टरका कार्यकारी निर्देशक तथा परियोजनाका टीम लिडर भीम बहादुर विश्वकर्माले बताउनुभयो ।

 

 

प्रतिकृया दिनुहोस्