RaraNews

प्रकाशित : २०७८/५/१६ गते
७१२ पटक

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्माले दुबै पदबाट राजीनामा दिएको घोषणा गर्नु भएको छ । विश्वकर्मा द्धारा जारी राजीनामा पत्रमा महाधिवेशन प्रतिनिधि चयनमा दलितलाई उचित स्थान नदिएकोमा अन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिईएको जनाईएको छ ।

‘षड्यन्त्र मुलक ढंगबाट दलित समूदायलाई अपमान र अन्याय हुने गरी लागू गरिएको निर्वाचन निर्देशिका नेपाल दलित संघका लागि मान्य हुन सक्दैन’ राजीनामा पत्रमा उल्लेख गरिएके छ ।

‘यो प्रवृत्तिले नेपाली काँग्रेस पार्टीमा दलित समूदायको सहभागिता केही समय पश्चात नै शून्य हुने देख्दा देख्दै पनि यस पार्टीको म एक जिम्मेवार सदस्य र पार्टीको भ्रातृ संस्था दलित संघको अध्यक्ष हुनुको नाताले यस्तो त्रुटिपूर्ण, अव्यवहारिक एवम् अन्यायपूर्ण नीति नियम लागू हुँदा टुलुटुलु हेरेर बस्न नैतिक रुपले नमिल्ने र नसक्ने भएकाले दुबै पदबाट आजैदेखि लागू हुनेगरी राजीनामा गरेको छु ।’

उहाँले पार्टीको सिद्धान्त, नीति र आदर्शप्रति भने प्रतिबद्ध रही न्याय, समानता र स्वतन्त्रताका लागि सदैव लडिरहने प्रण गर्नुभएको छ ।विश्वकर्माले लामो समय देखि दलित अधिकारको सवालमा आवाज उठाउदै आउनुभएको छ ।

प्रतिकृया दिनुहोस्