![](https://jagaranonline.com/wp-content/uploads/2021/06/beni-kaligandaki.jpg)
म्याग्दी, असार २ गते । लगातारको वर्षापछि कालीगण्डकीमा आएको बाढीले बेनी बजार संरक्षणका लागि बनाइएको तटबन्धन भत्काएको छ । जेसिज भवनदेखि करिब एकसय मिटर माथि सम्मको तटबन्धन नदी कटानका कारण भत्किएको हो । बुधबार रात देखि नदीमा पानीको सतह उच्च भएको छ । पानीको सतह उच्च भएसँगै नदी कटानको जोखिम बढेको हो ।
तटबन्धन भत्किएसँगै बेनी बजार कटानको उच्च जोखिममा परेको छ । यसैगरी बजारदेखि माथि रहेको अर्थुङ्गे गाउँबाट झरेको बाढी अस्पतालचोक हुँदै बेनीको कालिपुल स्थित बसपार्कमा पुगेको छ ।
बसपार्क ढुङ्गा र हिलो माटोले पुरिएको छ । पारकिङ गरेर राखेका सवारी सधानहरु हिलो माटो सहितको ढुङ्गा र ग्रेगरले परिन थालेका छन् । त्यस्तै बासपार्कस्थित कालिगण्डकी नदीमा बनाइएको तटबन्धन पनि भत्किन थालेको छ ।
बर्षा नरोकिएकाले अझै नदीमा पानीको सतह बढ्न सक्ने अनुमान गरिएको छ । पानीको सतह बढ्ने र नदी किनारका वस्तीहरु कटानको जाखिम भएकाले सर्तकर्ता अपनाउन प्रशासनले सर्वसाधरणहरुमा अनुरोध गरेको छ ।
यस्तै म्याग्दी नदीमा पनि पानीको सतह बढेको छ । म्याग्दीको उच्च हिमाली भेग र बेनी बजार आसपासमा भारी वर्षा भएको छ । यसैगरी निरन्तरको वर्षाका कारण विभिन्न स्थानहरुमा बाढी र पहिरो गएपछि बेनी जोमसोम सडक,बेनी दरवाङ सडक र ग्रामिण सडकहरु पूर्णरुपमा अवरुद्ध भएका छन् ।
![](https://gorkhapatraonline.com/news_gallery/60c973341e809_DSC_0169.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/60c973346cd36_DSC_0175.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/60c973346ec1d_DSC_0181.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/60c973346fe04_DSC_0212.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/60c9733470eb1_DSC_0215.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/60c9733471e8f_DSC_0219.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/60c9733473015_DSC_0221.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/60c9733473fe7_DSC_0223.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/60c9733474fb3_DSC_0227.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/60c9733476033_DSC_0228.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/60c97334770c1_DSC_0233.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/60c9733478141_DSC_0246.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/60c97334791cf_DSC_0251.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/60c973347a3c3_DSC_0254.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/60c973347b506_DSC_0287.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/60c973347c53b_DSC_0293.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/60c973347d54d_DSC_0297.jpg)
गोरखापत्रबाट