RaraNews

प्रकाशित : २०७७/११/६ गते
८६७ पटक

फागुन ६,२०७७
सीता बि.के.

नेपाल पत्रकार महासंघले स्थापना गरेको कृष्णसेन इच्छुक राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ बाट विनोद पहाडी सम्मानित हुनुभएको छ । महासंघले २६ औं महाधिवेशनको अवसरमा ५० हजार नगद सहित पहाडीलाई सम्मानित गरेको हो ।

उहाँ जागरण मिडिया सेन्टरका सल्लाहकार ,रेडियो जागरण बुटवलका अध्यक्ष , संबिधान सभा सदस्य तथा दलित पत्रकार सघं नेपालका केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ ।

पहाडीलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलन एवम् व्यावसायि पत्रकारीताको विकासमा सशक्त योग्दानको उच्च कदर गर्दै महासंघले पुरस्कृत गरेको हो ।


वि.स.२०४६ सालदेखि पत्रकारीतामा सक्रिय पहाडीले बुटवलबाट प्रकाशित लुम्बिनी दैनिक र जनराज्य साप्ताहि तथा काठमाडौबाट प्रकाशित नेपालीपत्र साप्ताहिक र नेपालीमंच मासिकको सम्पादक भएर काम गर्नुभएको थियो ।

नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको दुई कार्यकाल अध्यक्ष भैसकेपछि केन्द्रीय सदस्य समेत हुनुभएका पहाडी लामो समय देखि पत्रकारीतासंगै दलित आन्दोलनमा सक्रिय हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्