RaraNews

जागरण मिडिया प्रकाशित : २०८०/८/७ गते
२६२ पटक

नेपालमा आरक्षणबारे व्यापक बहस गर्न आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । उनीहरुले आरक्षणबारे गलत बुझाईले भ्रम सृजना भएको बताएका हुन । बुधबार काठमाडौमा भएको नेपाल भारत सम्बन्ध आरक्षण नीति अनुभव आदान प्रदान कार्यक्रममा बोल्ने वक्ताहरु दुई देश बिचको अनुभव आदान प्रदानले नीतिगत सुधार ल्याउन सहयोग पुग्ने बताएका थिए ।

कार्यक्रममा भारतको मध्य प्रदेश सरसफाई कर्मचारी आयोगका अध्यक्ष प्रताप कोरोसियाले भारतमा आरक्षणको सवालमा डा. भीमराव अम्बेडकरले उदाहरणीय काम गरेको बताउनु भयो । उहाँले भारतमा दलित समुदायको लागि ३८% आरक्षणको व्यवस्था रहेको जानकारी दिनु भयो । उहाँले भन्नु भयो “भारतमा आरक्षणको राम्रो अभ्यास भैरहेको छ ,दलित समुदायका मुद्धा हेर्न बिशेष व्यवस्था गरि सामाजिक विकास मन्त्रालयबाट हेरिन्छ ,सो मन्त्रालय स्रोत,साधन सम्पन्न छ । ” उहाँले आरक्षणलाई प्रभावकारी तबरले लागु गर्न दलित तथा सीमान्तकृत समुदाय संगठित भएर लाग्नु पर्ने सुझाव दिनु भयो ।

त्यस्तै महादलित परिसंघ युवा सञ्जालकाका राष्ट्रिय अध्यक्ष बिष्णु भारतीले आरक्षणबारे सबैलाई बुझाउन जरुरी रहेको बताउनु भयो । उहाँले नीतिगत व्यवस्थामा बैचारीक बहस गरि सबैको मन जितेर आरक्षण लागु गर्न आग्रह गर्नु भयो ।

अधिकारकर्मी तथा बहराइनका पुर्व राजदुत पदम सुन्दासले नेपालमा आरक्षणबारे नकारात्मक धारणा बढ्दै गएकाले यसबारे बहस गर्न जरुरी रहेको बताउनु भयो । उहाँले नेपाल भारतको आरक्षण नीतिमा तात्वीक फरक नभएकाले बेला बखत अनुभव साटासाट गर्न जरुरी रहेको बताउनु भयो । उहाँले भन्नु भयो “भारतका दलित साथीहरु दलित शब्द राख्न किन डराउनु भएको छ ?दलित शब्द साझा शब्दको रुपमा प्रयोग गर्न सके दक्षिण एसियाली दलित समुदाय संगठित भएर संयुक्त राष्ट्रसंघमा दलित शब्द स्थापित गराउन, दवाव दिन सहज हुन्छ , त्यसैले हामी संगठित हौं ।”

महादलित परिसंघ काठमाडौका अध्यक्ष सुनिता मरिकको अध्यक्षता ,अम्बेडकर सोसियल फाउन्डेसन लुम्बिनीका अध्यक्ष तथा संबिधान सभा सदस्य बिनोद पहाडिको स्वागत,जागरण मिडिया सेन्टरका महासचिज भीम घिमिरेको संचलानमा भएको कार्यक्रममा अधिकारकर्मीहरु गणेश बि.के.,ईन्दीरा घले ,नरेन्द्र पासवान लगायतले आरक्षणको मर्म अनुरुप प्रभावकारी रुपले कार्यान्वयन गराउन सबै संगठित भएर लाग्नु पर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस्