RaraNews

प्रकाशित : २०७७/३/५ गते
१०२९ पटक

अनिल नेपाली । अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ४ को समाजकल्याण आधारभुत विधालयको क्वारेन्टाइनमा बस्दा स्थानीय दिनेश घिमिरेले सोही क्वारेन्टाइनमा बस्दा भान्सेका रूपमा कृष्ण सुनारलाई गरेको विभेदको जिल्ला स्थित अधिकारकर्मीहरूले आपति जनाएका छन् ।

जिल्लास्थित अधिकारकर्मी विष्णु परियार, ठाकुर विक सौगात, राजेन्द्र नेपाली, सन्जु नेपाली, सञ्चारकर्मी बसन्त विक, दिनेश सुनार, वडा नं. ४ का अध्यक्ष विष्णु पोखरेल, स्थानीय राजनीतिकर्मी, अधिकारकर्मी, सञ्चारकर्मीको संयुक्त रूपमा बसेको टोलीले आम रूपमा दिनेश घिमिरेले माफी गराएको छ । स्थानीय दिनेश घिमिरेले आम रूपमा माफि माग्दै आफुले आगामी दिनमा समाजमा हुने छुवाछूत अन्त्य सामाजिक काम सक्रिय भई लाग्ने बताएका थिए ।

वडा अध्यक्ष विष्णु पोखरेलले आफ्नो वडामा छुवाछूत अन्त्य गर्नको लागि वडाबाट कृष्ण विकलाई भान्सेका रूपमा राखेता पनि मानिसमा भएको सोच भिन्नता मतभेदले गर्दाले विभेद भएको आफ्नो वडामा यस्तो हुनु दुखद् भएको बताउदै आफुले पनि नैतिक रूपमा जिम्मेवारी लिने बताए । अघिकारकमी विष्णु परियार, ठाकुर विक सौगात, राजेन्द्र नेपालीले समाजमा विभेद हुनु दुखद भएको बताउदै यस्ता विभेदको अन्त्यको लागि आफुहरू निरन्तर रूपमा लाग्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस्