RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/९/२२ गते
११२९ पटक

काठमाडौँ । दलित समुदायका पत्रकारहरुले पत्रकारिता क्षेत्रमा जात र समुदायबाट प्रतिनिधित्व गरेको आधारमा विभेद हुने गरेकोले भन्दै गुनासो गरेका छन ।

प्रेस काउन्सिल नेपालद्धारा सोमवार आयोजित साक्षात्कारमा पत्रकारहरुले जातको आधारमा गरिने विभेदपूर्ण मानसिकता परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारितामा समावेशीताको मुद्दासंगै प्रतिश्पर्धात्मक क्षमता जरुरी रहेकोले त्यसतर्फ केन्द्रीत हुनु आग्रह गर्दै पत्रकारिता लेखन क्षमतामा आधारित पेशा भएकोले त्यसलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिनुभयो ।

उहाँले दलित समुदायका क्रियाशील पत्रकारहरुको क्षमता विकासलगायतका कार्यमा सहकार्य गर्न काउन्सिल तयार रहेको बताउनुभयो संघका अध्यक्ष पवित्रा सुनारले व्यवसायीक पत्रकारिताको विकाससँगै संघले दाथिल समुदायका पत्रकारको क्षमता विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

काउन्सिलका बोर्ड सदस्य ईश्वरी प्रसाद ओझा, चेतनाथ धमला, मुख्यअधिकृत झबिन्द्र भुषालले दलित पत्रकारहरुको क्षमता विकासलगायतका मुदामा काउन्सिलको सदैब सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । संघका उपाध्यक्ष टिकाराम सुनार, महासचिव केशव भूल, सचिव विश्वास खड्काथोकी, कोषाध्यक्ष विष्णु विश्वकर्मा, सदस्यहरु रमेश टमटा, मिलन विश्वकर्मा, विष्णु रैगाई (परियार) लगायतले मिडियामा दलित समुदायका पत्रकारको समान सहभागिात हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस्