RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/८/१५ गते
३९३ पटक

कपिलवस्तु । जागरण मिडिया सेन्टरले लुम्विनी प्रदेशका पत्रकारहरुलाई आयोजना गरेको चार दिने एड्भान्स्ड पत्रकारिता तालिम सम्पन्न भएको छ ।

शुक्रबारदेखि सुरु भएको तालिममा मिडियामा बहुलबाद, जवाफदेहीता, मिडिया साक्षरता, लैगिंक समानता, मानवअधिकार, न्यू मिडिया सोसाइटी, सोसल मिडिया नेटवर्क, मिडियामा समावेशी मुद्धा, त्यसको प्रभाव र फोटो पत्रकारिकता, लगायतका विषयमा छलफल केन्द्रीत गरिएको थियो ।

तालिमको प्रमुख प्रशिक्षक त्रिभुवन विश्वविद्यालयका उप प्राध्याक कुन्दन अर्याल, नेपाल पत्रकार महाँसघ रुपन्देही शाखाका सचिव विनोद परियारले सह प्रशिक्षकको रुपमा सहजीकरण गर्नुभएको थियो ।
कायक्रममा संविधानसभा सदस्य तथा जागरण मिडिया सेन्टरका सल्लाकार विनोद पहाडीले पत्रकारिताले नै समाज रुपान्तरणको मुुद्धा डो¥याएको बताउनुभयो । उहाँले पत्रकारिता मार्फत समाज रुपान्तरण गर्ने हुुटहुटीले आफु २०४४ सालदेखि पत्रकारितामा आबद्ध भएको बताउनुभयो ।

०६२÷६३ सालको जनआन्दोलनपछि भने नेपाली पत्रकारितामा दलित समुदायका पत्रकारहरुको संख्या बृद्धि भएको छ । अहिले करिव २ हजार दलित समुदायका पत्रकारहरुको सहभागिता रहको उहाँले बताउनुभयो ।

जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले पत्रकारितामा दलित तथा सीमान्तकृत समुदायको उपस्थितिले त्यो समुदायको मुद्धा उठानका लागि सहजता भएको बताउनुभयो ।

कार्यक्रममा जागरण मिडिया सेन्टरका कार्यक्रम संयोजक वीर बहादुर नेपालीले पत्रकारको ज्ञान, सीप र क्षमता अभिवृद्धि गरी पत्रकारिताका क्षेत्रमा अझै अब्बल बनाउन खाँचो रहेको बताउनुभयो ।

कार्यक्रम सेन्टरका अध्यक्ष कमला विश्वकर्माको अध्यक्षता र सञ्चार अधिकृत कृष्ण दर्नालको सञ्चालनमा समापन समारोह सम्पन्न भएको थियो । आईएम स्वीडिस डेलभपमेन्ट पार्टनरको सहयोगमा सञ्चालित तालिममा लुम्विनी प्रदेशका २० जना पत्रकारहरुको सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस्