RaraNews

जागरण मिडिया प्रकाशित : २०७५/३/७ गते
१०७५ पटक

दाङको एक मन्दिरमा दलित महिला पुजारी छन । पुजारी महिलाको नाम पार्वती विश्वकर्मा हो । उनी ४१ वर्षकी भइन् । भारतमा जन्मिएकी उनी ३ वर्ष अघि मात्रै नेपाल आएकी हुन् । नेपालमै बस्ने गरी आएकी उनले दाङको घोराही उपमहानगरपालिका १८ मसिनामा जग्गा पनि किनेकी छन् । उनको ३ छोरी र श्रीमान छन् ।
मन्दिर भित्र प्रवेश गर्दा पुरै शरीर ढाक्ने पहेलो वस्त्र, निधारमा पनि पहेलै फेटा, घाँटीमा रुद्राक्षको माला लगाएकी एक महिला भेटिन्छिन् । ती हुन् मन्दिरका मुख्य पुजारी दलित महिला । मन्दिर पुगेका कथित ‘उपल्ला जात’का मानिसले ति पुजारी महिलासँग आर्शिवाद मागेर फर्कन्छन् । मन्दिरमा आउने भक्तजनलाई उनले टीका लगाएर आशीर्वाद दिन्छिन् । तर, उनलाई कसैले जातपात सोध्दैन, न उनी नै सोध्छिन् ।

प्रतिकृया दिनुहोस्