महिलाहरूलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास कहिले हुन्छ ? महिलाले कहिलेसम्म समानता, न्याय र स्वतन्त्रताको लागि पुरुषसंग, समाजसँग र यो राज्यसँग लडिरहनु पर्ने ? कहिल्येसम्म वोक्सी, छाउपडी, दाइजो, बालबिवाह र जातीय विभेदजस्ता उत्पीडन र दमनविरुद्ध नेपालको राज्यसत्ता, र समाजसँग पौठेजोरी खेलिरहने,
महिलामाथिको दुर्व्यवहार र हिंसाको अन्त्य गर्न भन्दै कहिलेसम्म नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाहरुको बलीदानी सहभागिता र त्यागलाई समर्पण गरिरहनुपर्ने ?
आज एक सय ११ औं अन्तर्राष्ट्रिय महिला दिवस सन्दर्भ मनाईरहदासम्म यो मुलुकका आधा आकाश ढाकेका महिलाहरु, सिंगो महिला आन्दोलनको तनमन र विचारमा केन्द्रित गर्न बाध्य भईरहेका छन् । हरेक वर्ष, भव्य र सभ्य तरीकाले अन्तर्राष्ट्रिय नारी दिबस मनाईरहेका छौं तर यसको महान औचित्य सधै पानीमाथीको ओभानो भईरहेको छ ।
महिलाहरुलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न केवल महिलाहरु मात्रै प्रतिवद्ध हुुने गरेको विगतका थप्रै ईतिहाँस र प्रमाण साक्षी छन् ।
नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा हरेक महिलाहरुको बलीदानी सहभागिता र त्याग समपर्ण विश्वकै एउटा उदाहरणीय र अनुकरणीय भईसकेको छ । तर नेपालका राजनीतिक उच्च ओहोदा र राज्य सत्ताका वागडोर र नेतृत्व सधै पुरुषबादी समाजले ओगट्ने गरेको छ ।
नेपालको ऐतिहासिक जनआन्दोलन र राजनीतिक परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य यथेष्ट छ ।
समाजमा थुप्रै प्रकारका भेदभाव र असमानताहरु छन् । विभिन्न प्रकारका विभिन्न स्वरुपका लैङ्गिक विभेद, हिंसाका घटनाहरु जिवितै छन् । यस्ता प्रकारका घटना र समस्यको जरैदेखि नउखेलेसम्म महिलाको मुक्तिको प्रश्न सधै रहीरहनेछ । महिलामाथी सबै प्रकारका विभेदको अन्त्यका लागि सरकारले शून्य सहनशीलताको नीति लिई दोषीलाई कडा कारवाही र पीडितलाई उचित क्षतिपूर्ति समेतको कानूनी व्यवस्था गर्न नागरिक समाज, सामाजिक संघसंस्था,र समाज र राज्यको सामुहिक जोडबलको आवस्यकता र निस्वार्थ लगानी जरुरी रहेको छ ।
आज ८ मार्च अर्थात् १११ औँ अन्तरराष्ट्रिय नारी दिवस विश्वभरी विभिन्न कार्यक्रमहरु गरी मनाईएको छ । महिला अधिकार, महिला सशक्तिकरण र समानताका विषयहरु नेपालमा मात्रै हैन विश्वभरकै मुल एजेण्डा बनेको छ । एक शताब्दी भन्दा धेरै पहिलेदेखी यसरी महिला मुक्तिका लागि न्याय, स्वतन्त्रता र समानताका लागि विश्वभर नारी दिवश मनाईदै आइएको छ ।
समय परिस्थिती फेरिएको छ । महिला सशक्तिकरण र अधिकारका आवाज चर्किदै गएको छ तर उनीहरुमाथि हुने हिंसा झनै वढ्दै गएको । हिँसाको प्रकृति, विभेदको प्रकृति पनि फरक ढंगले विकसित हुदै गएको छ । मानव अधिकार हनन्, अपराधका पराकाष्ठा र विभेदका प्रकारहरु पनि वढ्दै गएका छन् ।
घरेलु हिंसा, बलात्कारका प्रयास, वलात्कारपछिको हत्या, र प्रेममा बेमेल, एसिड आक्रमण जस्ता जघन्य अपराधका घटनामा अझै कमी आउन सकेको छैन । त्यसैले अव नेपाली समाजको रुपान्तरण,सँगै महिलामाथी हुने सबै प्रकारका विभेद र अपराधका घटनाको अन्त्यका लागि सिंगो समाज, महिला आन्दोलन, राज्यका सबै निकायले आफ्नो आफ्नो ठाउबाट आफ्नो भुमिका सक्रिय र जिम्वेवारी पुर्वक निर्वाह गर्नुपर्छ । घरपरिवारबाटै, समाजबाटै राज्यको विभिन्न तह तप्काबाटै महिलामाथीको विभेदकारी सोच र यस प्रकारको जडलाई जरैबाट उखेलेर फ्याक्नुपर्छ ।
(सन्दर्भ नारी दिवस) -विरु पाल्पाली