RaraNews

प्रकाशित : २०७७/६/१६ गते
२२५२ पटक

मन्त्री मण्डल हेरफेरको चर्चा चलिरहदा प्रतिनिधि सभा सदस्य अन्जना बिशंखेले आफु क्षमतावान प्रतिस्प्रर्धी भएको दावी गर्नु भएको छ । उहाँले सबै भन्दा ठुलो पार्टी नेकपालाई गतिलो ईतिहास कोर्ने पालो आएको बताउनु भएको छ ।

नेपालको ईतिहासमा अहिले सम्म कोही पनि दलित महिला मन्त्री नभएको बास्तबिकता राख्नु भयो । उहाँ भन्नु भयो “म त एक व्यक्ति हु,यो बेला पार्टीले ईतिहास कोर्न सक्छ,जिम्मेवारी पाए गर्न सक्ने क्षमता छ । मलाई महिला र दलित भएकै कारण मन्त्री मण्लमा लैजानुपर्छ भन्ने छैन तर मेरो योग्यता,क्षमता र योगदानका आधारमा म प्रतिस्पर्धी नै छु ।” जसरी नेपालको ईतिहासमा हामीले पहिलो महिला मन्त्री द्धारीका देवी ठकुरानी भनेर चिन्छौ त्यसैगरि नेपालको दलित महिला मन्त्री भनेर चिनाउने बेला आएको छ । यो अवसरलाई पार्टीले चिन्नसक्नु पर्ने धारणा राख्नु भयो ।

उहाँले आफु पार्टीको पनि गहना भएको बताउदै पार्टीले चुनावका बेला आफुलाई देखाएर चुनाव लडेको बताउनु भयो । बिगतमा आफुहरुले बुर्जुवा शिक्षा भने पनि अहिले मानव बिज्ञानमा स्नाकोत्तर र कानुनमा स्नातक अध्ययन गर्दै गरेको जानकारी दिनु भयो । म सरहका सबै साथीहरु सबैले कुनै न कुनै पद प्राप्त गरिसके तर म भने प्रथम हुनुपर्ने मान्छे आज सम्म अन्तिममा परेछु उहाँले भन्नु भयो । बि.सं.२०६४ सालमा माओवादी केन्द्र बनिसके पछि १५० जना केन्द्रिय सदस्य मध्ये १०/१२ जना महिला भएको बताउदै आफु सरहका गैरदलित महिलाहरु कोही सभापति ,कोही मन्त्री बनिसकेको तर आफुलाई त्यो अवसर नजुरेको दुखेसो पोख्नु भयो ।

बि.सं.२०५२/०५३ हालबाट शुरु भएको राजनितीक यात्रामा अहिले सम्म पुर्ण बिराम लागेको छैन । त्यस्तै पहिला पनि १४ ओटा राज्यसेक्रेटरी मध्ये आफु १ जना मात्रै महिला राज्यसेक्रेटर भएर काम गरेको र राजनितीक सुधारका निम्ती आफुले सक्ने प्रयास गरेको धारणा राख्नु भयो । । उहाँले भन्नु भयो “म काठ क्षेत्रमा जन्मे,हुर्केको मान्छे धेरै दुख सहेर पनि गाउँ गाउँमा भिजेर पार्टीको काम गरे ।” हाम्रो काठक्षेत्रमा (काठमाडौ) बत्ति मुनिको अध्यारो जस्तो छ,अहिले सम्म कोही पनि मन्त्री बनेका छैनन,दलित महिला पनि बनेका छैन । अहिले पनि बिभिन्न विकास निर्माण,शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको जानकारी दिनुभयो ।

उहाँ दुई दशक बढि राजनीतिक जीवनमा कानुन निर्माण गर्न, कार्यान्वयन गर्न ,ऐन निमार्ण गर्न र कार्यान्वयन गर्न बिभिन्न समितीमा बसेर आफुले महत्वपुर्ण भुमिका खेलेको स्मरण गर्नु भयो । दश वर्षे जनयुद्ध, जनआन्दोलन ,बिभिन्न अभियान र सामाजिक आन्दोलन आफुले सक्ने योग्दान दिएकै छु उहाँले भन्नु भयो ।

भौगोलीक,लैङ्गि तथा जातीय,योग्यता,क्षमताका आधारले पनि मन्त्री मण्डलमा लैजान नपर्ने कारण नभएको भन्दै नेतृत्वहरुले पनि आश्वासन दिएको जानकारी दिनुभयो । उहाँले अवसर र जिम्मेवारी पाए पुर्णरुपले आफ्नो भुमिका निर्वाह गर्न सक्ने बताउनु भयो । योगदानको पार्टीले पक्कै कदर गर्ने छ । हेरै के हुन्छ त्यो समयले बताउला ।

प्रतिकृया दिनुहोस्