प्रकाशित : २०७७/३/१० गते
१३४४ पटक
काठमाडौं । रुकुम पश्चिम सोती नरसंहार लगायत देशभरिका जातिय हत्या एवं विभेद विरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाइने भएको छ ।
संयुक्त राजनीतिक दलित संघर्ष समिति काठमाडौं र दलित नागरिक समाजले प्रधानमन्त्री ओलीलाई बुधबार ज्ञापनपत्र बुझाइ धर्ना दिने कार्यक्रम राखेको हो ।
दिउँसो २ बजे प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाई प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिने कार्यक्रम रहेको आन्दोलित संघष समिति र नागरिक समाजले बताएको छ ।