RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/२/२९ गते
१४१७ पटक

सर्लाही – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले मधेसमा व्याप्त दाइजो हटाउन ‘बहादुर युवा’ चाहिएको बताएका छन्। जिल्लाको हरिहपुर नगरपालिकाको लक्ष्मीपुरमा मंगलबार बोल्दै उनले तराईमा व्याप्त दाइजो प्रथा निरुत्साहित गर्न यहाँका युवा बहादुर बनेर अगाडि आउनु आवश्यक रहेको बताए। दाइजोको निहुँमा आपराधिक, हिंसात्मकलगायत घटना भइरहेको भन्दै उनले दाइजो प्रथाले विकृत्ति विसंगति पनि बढाइरहेको उल्लेख गरे।

दाइजो प्रथालाई मुर्दावाद भन्न सक्ने र आफ्नो विवाहमा दाइजो नलिने आँटसहित युवा अगाडि आउन सके विकृत्ति र विसंगति क्रमशः निरुत्साहित हुँदै अन्त्य हुने उनले बताए। तराई मधेसलाई दाइजो प्रथाले गाँजेको र युवा वर्गले यो प्रथाविरुद्ध आवाज उठाउनुपर्नेमा नेपाले जोड दिए।

मधेसी, इस्लामलगायतपछि परेका समुदायलाई शिक्षामा जोड दिन आग्रह गर्दै नेपालले बालबच्चालाई नियमित विद्यालय पठाउन सबैलाई अनुरोध गरे। ‘शिक्षाले नै व्यक्ति र समुदायको विकासमा महŒवपूर्ण भूमिका खेल्छ’, नेपालले भने, ‘त्यसैले आप्mना बालबच्चालाई नियमित विद्यालय पढ्न पठाउने गरौं।’ छोराछोरीलाई सानैमा विवाह गर्न हतार गर्दा शैक्षिकस्तर उठन नसकेको समेत नेता नेपालले बताए। हरिपुर नगरपालिकाका प्रमुख जमरुद्धिन मन्सुरको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय इस्लाम समुदायका महिलाको उल्लेख्य सहभागिता थियो।

यो समाचार हामीले नागरिक दैनिकबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्