RaraNews

प्रकाशित : २०७७/११/२३ गते
६७२ पटक

नेपाल सरकाको चरणबद्ध खोप लगाउने अभियान अन्तर्गत आज फागुन २३ गते देखी ६४ बर्ष उमेर पुरा गरेका जेष्ठ नागरीकले कोरोना खोप लगाएका छन् ।
विभिन्न दीर्घरोगको औषधि खाइरहेका तर कोरोनाको जोखिममा परेका ६० बर्ष पुरा भई बुढेशकालको जीवन विताइरहेका अधिकाँश वृद्ध वृद्धा तथा जेष्ठ नागरीकालाई सरकारले आजदेखी कोरोना खोप लगाउन सुरु गरेको हो ।

कोरोनाको खोप लगाएपछि जेष्ठ नागरीक आफुहरु ढुक्क भएको र आत्मविश्वास बढेको बढाएका छन् । समाजमा कहि कतै खोपको बारेमा केही नकरात्मक टिका टिप्पणी र नकराम्तक असर गरेका बताइएपनि खोप लगाउने अभियानमा विभिन्न चरणका मानिसहरु सहभागी भईरहेका छन् ।

कोरोनाको जोखिम घटिनसकेको र फेरी पनि यसको जोखिममा महिला बालबालिका तथा जेष्ठ नागरीक र अगैपंत्तिमा काम गर्नेहरुलाई हुने भएकाले सरकाले विभिन्न चरणमा खोप लगाउने काम अभियान चलाईरहेको छ । सरकारले आइतबारदेखि ६५ वर्षमाथि उमेर समूहका नागरिकलाई कोरोना खोप लगाईदिएको छ ।

अहिलेसम्म खोप लगाउनेहरु महामारीमा खटिएका स्वास्थ्यकर्मी, अस्पतालका सफाइकर्मी, एम्बुलेन्स र शववाहन चालक, पत्रकार, कुटनीतिक नियोगका कर्मचारी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी र सार्वजानिक सेवामा खटिएकाहरु छन् । सांसद र नेताहरुले र प्रधानमन्त्री केपी शर्मा ओलीले समेत खोप लगाएका छन् । पहिलो चरणको खोप अभियानमा ४ लाख २९ हजार ७ सय ५ जना नागरिकले खोप लगाएका थिए । यो संख्या सरकारी लक्ष्यभन्दा कम भएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

स्वास्थ्य मन्त्रालयको अनुसार दोस्रो चरणको खोप अभियानमा १५ वटा हिमाली जिल्लामा ५५ वर्ष माथिका र अन्य जिल्लामा ६५ वर्षमाथिका करिब १६ लाख जेष्ठ नागरिकले खोप लगाउने अनुमाान गरिएको छ । अहिले देशभर ६ हजार भन्दा बढी खोप केन्द्रबाट खोप अभियान सञ्चालन भईरहेको छ ।

भारतको सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारत सरकारले ८ माघमा १० लाख डोज अनुदानमा दिएको थियो । त्यसपछि सरकारले भारतसंगै २० लाख डोज खरिद गरेको छ । हालसम्मको अनुसन्धानले यो खोपको प्रभावकारिता ७१ प्रतिशत देखाएको छ ।

खोप विज्ञ डा. श्यामराज उप्रेतीले कोभिड–१९ संक्रमण निको भएको ४ हप्ता ननाघेका र प्लाज्माथेरापी गरेको ९० दिन नपुगेका व्यक्तिले खोप लगाउन नमिल्ने बताउछन् । त्यस्तै गरी गम्भीर रोग लागेका मानिसले पनि खोप लाउन मिल्ने छैन ।

प्रतिकृया दिनुहोस्