RaraNews

प्रकाशित : २०७७/८/५ गते
९९६ पटक

२०७७ मंसिर ५, काठमाडौ – औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजर हानिकारक भएको भन्दै प्रतिबन्ध लगाएको छ । विभागको बजार अनुगमनका क्रममा विभिन्न कम्पनीले स्यानिटाईजरमा मेथानोल मिसाएको भेटिएपछि मानव स्वास्थ्यलाई हानि पु¥याउने भन्दै उनीहरुको बिक्री तथा वितरणमा रोक लगाएको हो ।

बजारमा बिक्रीवितरण भईरहेको ह्यान्ड स्यानिटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसायन मेथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको विभागका महानिर्देशक भरत भट्टराईले बताए ।

सीता हर्बल सुनसरीको उत्पादनमा ५० मिलिलिटर स्यानिटाईजरमा ८० प्रतिशत र पाँच सय मिलिलिटरको स्यानिटाइजरमा ८८ प्रतिशत मेथानोल भेटिएको विभागका महानिर्देशक भरत भट्टराईको भनाई रहेको छ । यसैगरी मकालु जडिबुटी सुनसरी, सुनिमा आयुर्वेद कम्पनी मोरङ, एमके हर्बल ललितपुर र ग्यालेक्सी डेण्टल एण्ड सर्जिकल मोरङले उत्पादन गरेका स्यानिटाइजरमा मेथानोल भेटिएको छ ।
हानिकारण मेथानोल भेटिएपछि उक्त उद्योग तथा कम्पनीका उत्पादन बिक्रीवितरणमा रोक लगाउन र बजारबाट फिर्ता लैजान निर्देशन दिईएको छ भने सर्वसाधारणलाई पनि प्रयोग नगर्न आग्रह गरिएको छ ।
यसअघि विभागले गुणस्तरहीन भारतीय, चिनियाँ तथा नेपाली विभिन्न कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाइसकेको छ ।

प्रतिकृया दिनुहोस्