RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/१२/१३ गते
१२४४ पटक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता सागर दाहालले विश्वव्यापी रुपमा फैलिएको कोभिड – १९ (कारोना भाईरस) लाई रोक्न र मानविय क्षति कम गर्न सबैले सर्तकता अपनाउन र एकजुट भएर लाग्नु पर्ने बताउनु भयो । बुधबार जागरण मिडिया सेन्टरको साप्ताहिक रेडियो कार्यक्रम ‘कट्वाल रेडियो पत्रिका’संग कुराकानी गर्दै उहाँले आम जनतालाई सरकारका निर्णय पालना गरेर साथ दिन पनि आग्रह गर्नुभयो ।

उहाँले कारोना भाईरस रोकथामका लागि सरकारले छिमेकी राष्ट्रहरुसंगका सिमा नाका बन्द गर्ने,बाहिरबाट आउन सक्ने सम्भावित जोखिमलाई रोक्न आवजावतमा रोक लगाएको र मान्छेको व्यवहारमा परिवर्तन गर्ने कुरामा जोड दिएको बताउनुभयो ।

उहाँले सम्पुर्ण सरकारी संयन्त्र परिचालन गरि निजी संघ÷संस्थाहरुसंग पनि समन्वय गरि बिपत्तको घडिलाई सामना गर्नु पर्ने बताउनु भयो । उहाँले १५ देखि २०% कोरोना भाईरसबाट प्रभाबित हुन सक्ने भन्दै अस्पताल , आवश्यक स्वास्थ्य साम्रगी, स्वास्थ्यकर्मी ,परिक्षणको लागि ल्याबको व्यवस्था ठाउँ÷ठाउँमा विस्तारको काम पनि भैरहेको दिनुभयो ।

उहाँले कतिपय निजि अस्पतालले कारोना भाईरस संकास्पद बिरामीलाई उपचार नगरेर रिफर गर्ने गरेको खबर आएकाले त्यसो नगर्न अनुरोध पनि गर्नु भयो । अस्पतालका संरचना बिरामी उपचार गर्न बनाएको हो । त्यसैले कारोना भाईरस सामान्य रोग हो संकास्पद बिरामीलाई अस्पतालले उपचार गर्नुपर्छ । उसको विवरण राख्ने पद्धति छ ,परिक्षणका लागि नमुना पठायने हो बिरामी पठाउने होईन,उहाँले भन्नुभयो ।

उहाँले यो महामारीको सामना गर्न सरसफाईमा ध्यान दिदै व्यक्ति,परिवार,समाज सबै सचेत हुन पनि आग्रह गर्नु भयो । संघिय,प्रदेश र स्थानिय सरकारसंग समन्वय भैरहेको तीनै तहका सरकार जिम्मेवार भएर लागि परेको बताउनु भयो ।

प्रतिकृया दिनुहोस्