बुटवल – बुटवल उपमहानगरपालिकामा शनिबार ८ जना कोरोना संक्रमित थप भएका छन् । यो सँगै बुटवल उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या १ सय ५२ पुगेको छ ।
बुटवल उपमहानगरपालिका स्वास्थ्य महाशाखाका स्वास्थ्य अधिकृत गिता पाण्डेका अनुसार बुटवल उपमहानगरमा शनिबार वडा न. १ का ५३ बर्षिय पुरुष, वडा न. १३ का ५० वर्ष पुरुष, वडा न. ४ का २० वर्षिय पुरुष वडा न ९ का ३१ बर्षिय पुरुष र वडा न. १६ का १८ वर्ष र ५९ बर्षको महिला रहेका छन । ५५ र ४७ वर्षका दुई पुरुषको भने वडा खुलेको छैन ।
अहिले बुटवल उपमहानगरभित्र समुदाय तहमा कोरोना संक्रमण देखिएको छ । कन्ट्राक ट्रेसिङका आधारमा पिसिआर परीक्षण गर्दा संक्रमितहरु फेला परेका हुन । बुटवलमा १ सय २६ जना सक्रिय संक्रमित छन् ।
बुटवल उपमहानगरमा सबैभन्दा बढि वडा न ११ मा कोरोना संक्रमित रहेका छन । वडा न. ७ र १८ मा भने कोरोना संक्रमण देखिएको छैन । बुटवल उपमहानगरले जनाए अनुसार बुटवल उपमहानगरमा वडा न १ मा ३, २ मा २, ३ मा ७, ४ मा ८, ५ मा ३, ६ मा १२ जना कोरोना संक्रमति भेटिएका छन ।
यस्तै वडा न. ८ मा ६, ९ मा ६, १० मा ९, ११ मा ५५, १२ मा ५, १३ मा २४, १४ मा २, १५ मा १, १६ मा ३, १७ मा २, र १९ मा १ जना छन । वडा नखुलेको ३ संक्रमित छन ।
वडागत विवरण २०७७ भदाैं ६ गतेसम्म
वडा न १ – ३ जना
वडा न २ – २ जना
वडा न. ३- ७ जना
वडा न. ४- ८ जना
वडा न. ५- ३ जना
वडा न. ६ -१२ जना
वडा नं ७ – 0 जना
वडा न. ८ -६ जना
वडा न. ९ – ६ जना
वडा न. १० – ९ जना
वडा न. ११ -५५ जना
वडा न. १२ -५ जना
वडा न. १३ -२४ जना
वडा न. १४- २ जना
वडा न. १५ -१ जना
वडा न. १६ -३ जना
वडा न. १७- २ जना
वडा न. १८ – 0 जना
वडा न. १९ – १ जना
वडा नखुलेको – ३ जना