RaraNews

प्रकाशित : २०७७/५/६ गते
१११० पटक

बुटवल – बुटवल उपमहानगरपालिकामा शनिबार ८ जना कोरोना संक्रमित थप भएका छन् । यो सँगै बुटवल उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या १ सय ५२ पुगेको छ ।

बुटवल उपमहानगरपालिका स्वास्थ्य महाशाखाका स्वास्थ्य अधिकृत गिता पाण्डेका अनुसार बुटवल उपमहानगरमा शनिबार वडा न. १ का ५३ बर्षिय पुरुष, वडा न. १३ का ५० वर्ष पुरुष, वडा न. ४ का २० वर्षिय पुरुष वडा न ९ का ३१ बर्षिय पुरुष र वडा न. १६ का १८ वर्ष र ५९ बर्षको महिला रहेका छन । ५५ र ४७ वर्षका दुई पुरुषको भने वडा खुलेको छैन ।

अहिले बुटवल उपमहानगरभित्र समुदाय तहमा कोरोना संक्रमण देखिएको छ । कन्ट्राक ट्रेसिङका आधारमा पिसिआर परीक्षण गर्दा संक्रमितहरु फेला परेका हुन । बुटवलमा १ सय २६ जना सक्रिय संक्रमित छन् ।

बुटवल उपमहानगरमा सबैभन्दा बढि वडा न ११ मा कोरोना संक्रमित रहेका छन । वडा न. ७ र १८ मा भने कोरोना संक्रमण देखिएको छैन । बुटवल उपमहानगरले जनाए अनुसार बुटवल उपमहानगरमा वडा न १ मा ३, २ मा २, ३ मा ७, ४ मा ८, ५ मा ३, ६ मा १२ जना कोरोना संक्रमति भेटिएका छन ।

यस्तै वडा न. ८ मा ६, ९ मा ६, १० मा ९, ११ मा ५५, १२ मा ५, १३ मा २४, १४ मा २, १५ मा १, १६ मा ३, १७ मा २, र १९ मा १ जना छन । वडा नखुलेको ३ संक्रमित छन ।

वडागत विवरण २०७७ भदाैं ६ गतेसम्म 

वडा न १ – ३ जना

वडा न २ – २ जना

वडा न. ३- ७ जना

वडा न. ४- ८ जना

वडा न. ५- ३ जना

वडा न. ६ -१२ जना 

वडा नं ७ – 0 जना

वडा न. ८ -६ जना 

वडा न. ९ – ६ जना

वडा न. १० – ९ जना 

वडा न. ११ -५५ जना

वडा न. १२ -५ जना 

वडा न. १३ -२४ जना

वडा न. १४- २ जना 

वडा न. १५ -१ जना

वडा न. १६ -३ जना 

वडा न. १७- २ जना

वडा न. १८ – 0 जना 

वडा न. १९ – १ जना

वडा नखुलेको – ३ जना 

प्रतिकृया दिनुहोस्