RaraNews

हरिजंग थापा प्रकाशित : २०७६/४/२३ गते
१६६२ पटक

दलित महिलाले पानी छोएको निहुँमा हँसिया प्रहार भएको घटनाप्रति मानव अधिकार आयोगको ध्यानार्कषण भएको छ । आयोगको कर्णाली प्रदेश शाखा जुम्लाले पिडितलाई न्याय दिलाउन ताकेता गरिरहेको कार्यालय प्रमुख रमेश कुमार थापाले जानकारी दिनुभयो । दैलेख नारायण नगरपालिका १० भवानीकी लक्षिमा कामीमाथि भएको अन्याय आफुहरुको जानकारीमा आएको र आरोपितलाई जति सक्दो छिटो पक्राउ गरी कारबाही प्रकि्रया अघि बढाउन ताकेता गरिरहेको उहाँको भनाई छ ।

जागरण मिडिया सेन्टरसँग कुराकानी गर्दै थापाले भन्नुभयो, ‘पिडितलाई विभिन्न पक्षबाट मिल्नका लागि दबाब आएको कुरा पनि हाम्रो जानकारीमा छ, दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी)सँग कुराकानी गरेर अन्यायमा परेकी महिलालाई न्याय दिलाउन पहल गरिरहेका छौं ।’

दैलेखका पत्रकार अमर सुनारका अनुसार आरोपित राजकुमारी न्यौपाने अहिलेसम्म फरार रहेकाले प्रहरीले खोजी कार्य जारी राखेको छ । पिडितले प्रहरीमा आफ्नो बयान दिईसकेको र उनले न्याय पाउने आशा बढेको बताएको पत्रकार सुनारले जानकारी दिनुभयो ।

वैशाख ११ गते सार्वजनिक धारामा पानी भरेको ड्रम छोइएको भन्दै लकि्षमालाई हसिया प्रहार गरी सख्त घाइते बनाइएको थियो । चार महिनापछि न्याय खोज्दा जनप्रतिनिधि र पार्टी नेताहरुले मेलमिलापमा जान दवाव दिएको पीडित पक्षको गुनासो मिडियामा सार्वजनिक भएको थियो ।

घटनाको लगतै उपचारपछि जातीय विभेद मुद्दा दर्ता गराउन जाँदा नै नारायण नगरपालिका–१० का वडाध्यक्ष लोकबहादुर थापाले जाहेरी रोक्न बल गरेको पिडितको गुनासो छ । जाहेरी दर्ता भए लगतै फरार भएकी आरोपित राजकुमारीलाई …कैद हुने अवस्था नगराइदेऊ बरु खर्च तिराइदिउँलाÚ भनी मिल्नुपर्छ भनी दवाव दिएको कुरा समाचार विभिन्न मिडियाले लेखेका छन् ।

पानीको ड्रम छोएको भन्दै हसियाले टाउको, छाति, ढाडमा कोप्नुसंगै पाइटाले हान्दा भएको घाउको कारण लकि्षमा बेहोस भएकी थिईन् । बेहोस अवस्थामा जिल्ला अस्पताल पु¥याएपछि त्यहाँ उपचार सम्भव नभएपछि उनलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको थियो ।

प्रतिकृया दिनुहोस्