RaraNews

प्रकाशित : २०७८/२/२० गते
८०१ पटक

मुगु । जिल्लाको अन्न उत्पादनमा अति नै कमी हुने सोरु गाउँपालिकाका एक दलित बस्तीमा खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरिएको छ । निषेधाज्ञाले झन् भोकको चपेटामा रहेका सो बस्तीका बासिन्दाहरु खाद्यान्न पाउँदा खुसी भएका छन् ।

सोरु गाउँपालिका वडा नम्बर ४ रावल वाडामा रहेका ५० घरधुरीलाई स्टोरजी अफ नेपाल समुदाय काठमाडौँको ३ लाख ५७ हजार ७५० रुपैयाँको आर्थिक सहयोग र ग्रामीण सामुदायिक संस्था मुगुको सहजीकरणमा उक्त सामग्री बाँडिएको हो । प्रतिघर ३० केजी चामल, ५ केजी दाल, २ केजी नुन, लुगा धुने १० पिस साबुन, ५ पिस नुहाउने साबुन, १० वटा अण्डा, मास्क ५० पिस, चिनी २ केजी, सेनिटाईजर १ सय एमएलका २ बटा, स्वस्तिक तेल १ लिटरलगायत खाद्यान्न र स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।


देशमा अहिले ३ तहको सरकार छ । नजिकको सरकार भनेकै स्थानीय सरकार हो तर नजिकको सरकारले यहाँका नागरिकहरुको पीडा बुझ्न सकेको छैन । पछिल्लो समय दलितका नागरिकहरु स्थानीय सरकारभन्दा गैरसरकारी संस्थाप्रति सन्तुष्ट देखिएका छन् । सरकारबाट महामारीको अवस्थामा दलित विपन्नलाई सहयोग गरिनु पर्ने हो, तर त्यो नभएर एक कुनै समुहबाट आर्थिक सहयोग जुटाएर संस्थाले राहत वितरण गरिनुले सरकार नागरिकप्रति उत्तरदायी नभएको देखाउने एक स्थानीयले बताए ।

from https://www.news24nepal.tv/

प्रतिकृया दिनुहोस्