दिपक गिरीले भने–काग्रेसले यसपालिको चुनाव दाङवाट जितेर देशैभरी नयाँ शन्देश दिन्छ’

दिपक गिरीले भने–काग्रेसले यसपालिको चुनाव दाङवाट जितेर देशैभरी नयाँ शन्देश दिन्छ’ 1

घोराही, कार्तिक २१ । नेपालि काग्रेसका नेता दिपक गिरीले यसपालिको उपनिर्वाचनमा काग्रेस एकतावद्ध भएको बताएका छन् । घोराहीमा उमेद्वारीपछि काग्रेस पार्टि कार्यालयमा आयोजित चुनावि सभालाई सम्बोधन गर्दै गिरीले पार्टिले योग्य र सक्षम उम्मेद्वार चुनावि मैदानमा ल्याएको भन्दै अहिलेको कम्युनिष्ट सरकारको ज्यादतिवाट जनता असन्तुष्ट भएको बताए ।

उनले प्रदेश प्रमुख हटाउन सक्ने सरकारले प्रदेश ५ को राजधानि तोक्न नसकेर जनता अल्मलाइरहेको पनि बताए । काग्रेसले ल्याएको बजेट तथा कार्यक्रम जति पनि अहिलेको वर्तमान सरकारले ल्याउन नसकेको भन्दै काग्रेसले ल्याएका योजनाहरु अहिले कम्युनिष्टका नेताहरुले उद्घाटन गर्दै हिडेको आरोप लगाए । काग्रेस एकतावद्ध भइसकेको र अव काग्रेसलाई कसैले हराउन नसक्ने बताए । पश्चिम दाङमा काग्रेसको वलियो जनमत रहेको भन्दै यसलाई सहीरुपमा सदुपयोग गरेर जनताको पक्षमा काग्रेस पुरै उभिने बताए । कम्युनिष्ट सरकारले जनतालाई भुलभुलैयामा पारेर अघिल्लो पटक चुनाव जितेको आरोप लगाउदै काग्रेसप्रति जनताको विश्वास थप बढ्दै गएको गिरीले बताए । दाङमा अघिल्लो चुनावमा हेभिवेट र राजधानिको प्रचार गरेर कम्युनिष्टले चुनाव जितेको र चुनाव जितेको झन्डै दुई वर्ष भन्दा बढि हुन लाग्दा पनी राजधानि तोक्न नसकेर जनतालाई झुक्याउन खोज्नु राजनितिक वेइमानि भएको टिप्पणि गरे ।

SPONSORED

दिपक गिरीले भने–काग्रेसले यसपालिको चुनाव दाङवाट जितेर देशैभरी नयाँ शन्देश दिन्छ’ 2

उनले घोराही १६ र दाङ ३ ख मा काग्रेसले विजयको सुरुवात गर्ने भन्दै सम्पुर्ण काग्रेस नेता, कार्यकर्तालाई इमान्दारीतापुर्वक चुनावमा खट्न निर्देशन दिए । उनले अहिले चुनाव जितेमा अन्य आउने चुनावमा सबै पार्टिका नेताहरुले अवसर पाउने भन्दै यो कुरालाई मनन गरेर अघि बढ्न पनि आग्रह गरे ।

SPONSORED

दिपक गिरीले भने–काग्रेसले यसपालिको चुनाव दाङवाट जितेर देशैभरी नयाँ शन्देश दिन्छ’ 3

SPONSORED

दिपक गिरीले भने–काग्रेसले यसपालिको चुनाव दाङवाट जितेर देशैभरी नयाँ शन्देश दिन्छ’ 4