इञ्चार्ज शंकर पोख्रेलले भने–उत्तर कुमारलाई सम्झेर विमलालाई जिताउनुहोस, विकासको लहर ल्याउछौ’

इञ्चार्ज शंकर पोख्रेलले भने–उत्तर कुमारलाई सम्झेर विमलालाई जिताउनुहोस, विकासको लहर ल्याउछौ’ 1

घोराही
२१ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोख्रेलले दिवंगत उत्तरकुमार वलीको सोच पुरा गर्न उहाँकी धर्मपत्नी विमलाकुमारी खत्री वलीलाई उमेद्वार बनाईएको बताउनुभएको छ ।

दिवंगत उत्तरकुमार वलीले पश्चिम दाङको बिकासमा खेलेको भूमिका र जनताको भावना बोक्ने नेता भएका कारण उहाँको सपना पुरा गर्न धर्मपत्नीलाई उमेद्वार बनाईएको पोख्रेलको भनाई छ ।

SPONSORED

इञ्चार्ज शंकर पोख्रेलले भने–उत्तर कुमारलाई सम्झेर विमलालाई जिताउनुहोस, विकासको लहर ल्याउछौ’ 2

आज घोराहीमा उमेद्वारी पछि भानु चोकमा आयोजित सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले रातदिन चुनावी अभियानमा खट्न समेत नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन ।

SPONSORED

इञ्चार्ज शंकर पोख्रेलले भने–उत्तर कुमारलाई सम्झेर विमलालाई जिताउनुहोस, विकासको लहर ल्याउछौ’ 3

उत्तरकुमारको अभाबलाईै विमलाले पुरा गर्ने क्षमता राख्ने भन्दै उहाँले जित सुनिश्चित रहेको समेत दावी गरेका छन । अब विमलालाई पश्चिम दाङको विकासमा खम्बाकोरुपमा पार्टीले जिम्मेवारी दिएको भन्दै एक ढिक्का भएर जिताउन लाग्नुपर्नेमा जोड दिएका छन ।

SPONSORED

इञ्चार्ज शंकर पोख्रेलले भने–उत्तर कुमारलाई सम्झेर विमलालाई जिताउनुहोस, विकासको लहर ल्याउछौ’ 4

विमलाकै साथ सहयोगले उत्तरकुमार वलीले जनताको भावना जित्न सकेर नेतृत्व गर्ने हैसियतमा पुगेको उहाँको भनाई छ । त्यसैले उत्तरकुमार वलीको सोच र योजना पुरा गर्न विमलालाई उमेद्वार बनाईएको समेत पोख्रेलले धारणा राखेका छन ।

सभामा उमेद्वार विमलाले पार्टीले गरेको विश्वास र दिएको जिम्मेवारीलाई श्रीमानको सपना पुरा गर्ने अबसरकारुपमा लिएको बताएका छन । सबैको साथ सहयोग आबस्यक रहेको भन्दै उहाँले अब जनताको सेवा र विकासमा खट्ने प्रतिबद्धता जनाएका छन।