लागुऔषध कारोबार गरेको अभियोगमा ६३ जना पक्राउ

२०७६ श्रावण ३०, बिहीबार २२:०४ मा प्रकाशित

घोराही /जिल्ला प्रहरी कार्यालय दाङले बितेको आर्थिक बर्ष २०७५÷०७६ मा लागुऔषध कारोबार गरेको अभियोगमा ६३ जनालाई पक्राउ गरेको जनाएको छ ।

विभिन्न समयमा लागुऔषध कारोबार, ओसारपसार तथा सेबन गरेको अभियोगमा ६३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको हो ।

SPONSORED

प्रहरीले ५५ जना पुरुष र ८ जना महिलालाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङले एक बर्षमा ३६ वटा लागुऔषधको मुद्धा दर्ता गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङले ब्राउन सुगरका २९, चरेशको एउटा, अफिमको एक, गाँजाको तीन वटा, नाइट्रोभेटको एक र डाइजापाम र नुफिनको एक गरी ३६ वटा मुद्धा अदालतमा दर्ता गरेको थियो ।

SPONSORED

लागुऔषध कारोबार गरेको अभियोगमा पक्राउ परेका मध्ये ३९ जना धरौटीमा छुटेका छन् । दाङ देउखुरी जिल्ला अदालतले उनीहरुलाई धरौटीमा छोड्न आदेश दिएको हो । अदालतले ६ महिला र ३३ पुरुषलाई धरौटीमा छोडेको हो ।

SPONSORED