महासंघ दाङको जग्गा भाडा विवाद चुलियो, पुर्व अध्यक्षहरुलाई काउन्टर दिदै महासंघका अध्यक्ष सविन र सचिव भुपेन्द्रले अर्को विज्ञप्ती निकाले

२०७६ श्रावण १५, बुधबार २३:३६ मा प्रकाशित

गलत निर्णय भन्दै महासंघ दाङका पुर्व अध्यक्षहरुले कार्य समितिको निर्णयमा आपत्ति जनाए, महासंघ दाङले पनि निर्णयको वचाउ गर्दै पुर्व अध्यक्षको विज्ञप्तीको काउन्टरमा अर्को विज्ञप्ती निकाल्यो

घोराही, साउन १५ । नेपाल पत्रकार महासंघ दाङको जग्गामा पर्खाल र अस्थायि संरचना बनाउन योगी पब्लिसिटीलाई दिने निर्णय दिने कार्य समितिले गरे लगत्तै विवाद छताछुल्ल भएको छ । पत्रकार महासंघका कार्य समिति र पुर्व जिल्ला अध्यक्षहरुले विज्ञप्ति निकालेर यस वारेमा आ–आफ्ना धारणा प्रस्तुत गरेका छन् ।

महासंघ कार्य समितिले गरेको निर्णयमा पुर्व अध्यक्षहरुले असहमति जनाउदै आपत्ति जनाएका छन् । भने महासंघ दाङले महासंघका पुर्व जिल्ला अध्यक्ष प्रताप रेग्मिले संचरना बनाउन खोज्दा वाधा ब्यवधान खडा गरेपछि विवाद उत्पन्न भएको बताएको छ । महासंघका जिल्ला अध्यक्ष सविन प्रीयासन र सचिव भुपेन्द्र वलिले विज्ञप्ति निकाले रेग्मिका कारण विवाद उत्पन्न भएको बताएका छन् । महासंघको जिल्ला कार्य समितिको निर्णयपछि उत्पन्न विवाद बढ्दै जादा महासंघका पूर्व अध्यक्ष केबी मसाललाई योगी पब्लिसिटीका प्रोप्राइटर नारायणनाथ योगीले ज्यान मार्ने धम्की दिएपछि स्थिति एकाएक तनावपूर्ण बन्यो । महासंघ दाङ र पुर्व अध्यक्षहरुले मसालमाथि ज्यान मार्ने घटनाको भर्त्सना गर्दै दोषीउपर आवश्यक कार्वाहीको माग गरेका छन् ।

SPONSORED

महासंघ दाङका संस्थापक अध्यक्ष नारायण प्रशाद शर्मा, पुर्व अध्यक्ष सुशिल गौतम, पुर्व अध्यक्ष केवि मसाल, पुर्व अध्यक्ष प्रताप रेग्मि, पुर्व अध्यक्ष के.एल.पिडित, सल्लाहकार दुर्गालाल केसि, पुर्व केन्द्रिय सदस्य मधुसुदन बैद्यले संयुक्त विज्ञप्ति जारी गर्दै सो घटनाको ध्यानाकर्षण भएको बताएका छन् । यद्यपि, कुनै पुर्व अध्यक्षहरुको लिखित हस्ताक्षर भने वक्तब्यमा छैन् । पुर्व अध्यक्ष के.एल.पिडितले आन्तरिक छलफलबाट समाधानमा लाग्नु पने, वक्तव्यबाजी कुनै हालतमा उचित नभएको र कुनै वक्तव्यबाजीमा आफु सामेल नभएको स्पष्ट पारेका छन् ।

SPONSORED

SPONSORED