तेहोरो कर तथा गैर करका विरुद्ध वन महासंघ

२०७६ श्रावण १५, बुधबार २२:५५ मा प्रकाशित

घोराही, १५ साउन/सामुदायिक वन उपभोक्ता महासंघ दाङले सामुदायिक वन उपभोक्ता समुहमा लगाईएका तथा लगाउन प्रस्ताव गरिएका तेहोरो कर तथा गैर करलाई खारेज गर्न माग गरेको छ ।

महासंघले वुधवार घोराहीमा पत्रकार सम्मेलन गरी सामुदायिक वनमा हालसम्म लगाइदै आएको वन पैदावार शुल्क र नयाँ प्रस्ताव गरिएका सबै तहका वन पैदावार शुल्कहरु हटाउन माग गरेको हो ।

SPONSORED

सरकारले वन व्यवस्थापन र सामुदायिक विकासमा लगानी गरीरहेको अवस्थामा संघ, प्रदेश र स्थानीय सरकारले सामुदायिक वनको सबै रकम आफनो कोषमा ल्याउने गरी अतिरिक्त कर लगाउने कानूनी व्यवस्था गर्न लागेको प्रति सामुदायिक वन उपभोक्ता महासंघले असहमति जनाएको छ ।

SPONSORED

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष भुपेन्द्र सुबेदीले वन उपभोक्ता समूहले व्यापारिक प्रयोजनका लागि समूह बाहिर विक्री गरेको काठ र दाउराबाट प्राप्त गरेको रकमको १५ प्रतिशत रकम वन पैदावार शुल्कको रुपमा संघीय विभाज्य कोषमा जम्मा हुने व्यवस्था गरी उक्त रकम संघ, प्रदेश र स्थानीय तहले अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ बमोजिम आपसमा बाँडफाँडको व्यवस्था गर्न माग गर्नुभयो ।

SPONSORED

यसैविच देशभरका सामुदायिक वन समूहमाथि अनावश्यक कर र तेहरो कर लगाउन सरकारले प्रस्ताव गरेको भन्दै खारेजीको माग गर्दै सामुदायिक बन उपभोक्त महासंघ दाङले आफ्नो गम्भीर ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएको छ ।