राप्ती प्रादेशिक अस्पताल झन कन्तबिजोग, चिकित्सकको अभाव कायमै

२०७६ श्रावण १४, मंगलवार २०:३७ मा प्रकाशित

प्रादेशिक अस्पतालमा एकजना डाक्टरको भागमा १४८ बिरामी

अञ्जना चौधरी, तुलसीपुर
१४ साउन । दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा एक जना विशेषज्ञ डाक्टरले दैनिक एकसय ४८ जना विरामी हेर्नु पर्ने बाध्यता रहेको छ । चिकित्सक अभाबका कारण अहिले एकजना चिकित्सकले एकसय ४८ जना बिरामी हेर्नु पर्ने अबस्था छ ।

तर एक जना डाक्टरले दैनिक २५ जना मात्रै बिरामी हेर्नुपर्ने प्राबधान रहेको छ । १६ जना बिशेषज्ञ डाक्टरको दरबन्दी रहेको अस्पतालमा अहिले ६ जना मात्रै बिशेषज्ञ चिकित्सक रहेको अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। सर्वेश शर्माले बताए ।

SPONSORED

६ विघा जग्गामा रहेको अस्पताल भएतापनि दुई विघा जग्गा जमिन अतिक्रमणमा परेको छ । अहिले अस्पतालमा घोषित ५० सैयाको अस्पताल भए पनि ९५ बेड सञ्चालन गरिरहेको शर्माले बताए । त्यसैगरी सबगृहमा प्रतीक्षालयसहित मर्चुरी फ्रिज समेत राखिएको उनको भनाई छ ।

SPONSORED

गएको बर्ष डायलासिस मेसिन ५ वटा राखिएको छ । साथै यहि साउनबाट ईन्डसकपी स्थापना पश्चात पाँच जना विरामीले सेवा लिएका छन । सेवाग्राहीको मागलाई मध्यनजर गरि एकसय एम।एल।को एक्सरे डि।आर। मेसिन राखिएकोे उनले बताए । साथै २४ सै घण्टा आपतकालिन सेवा सञ्चालन गरिरहेको उनको भनाई छ ।

SPONSORED

चालुआर्थिक बर्षमा ‘अस्पतालको विकासकालागि दक्ष जनशक्ति,यो बर्षको आवस्यकता’ भन्ने नाराकासाथ अगाडी बढ्ने शर्माको भनाई छ । अस्पतालमा पहिले व्यवस्थापन समिति रहेपनि हाल अस्पतालका कर्मचारीहरुको पाँच सदस्य तर्दथ समिति रहेको छ । अहिले अस्पतालबाट ल्याव,एक्सरे, भिडियो एक्सरे,अप्रेशन,आपिडी सेवा,आपतकालिन सेवा प्रदान गरिन्छ । गएको बर्ष अस्पतालले चार करोड ४८ लाख ४९ हजार ६ सय ९९ रुपैया आम्दानी गर्ने गरेको छ, भने तीन करोड ७५ लाख ८७ हजार आठ सय ७३ रुपैया समितिको खर्च रहेको छ ।

हाल अस्पतालको खातामा ७२ लाख ६१ हजार आठ सय ४३ रुपैया मौज्दात रहेको छ । अघिल्लो आर्थिक बर्ष २०७४र०७५ मा १३ लाख रुपैँया मौज्दात थियो । यस्तै अस्पतालले राप्ती लाईफ केयर अस्पतालले विद्यार्थी अस्पतालमा पठाए वाफत पहिले दुई लाख दिने गरेकोमा हाल बार्षिक १२ लाख ६० हजार रुपैया दिने सहमती भएको समेत बताए । यसले पनि अस्पतालको आर्थिक बृद्धि भएको शर्माको भनाई छ ।

गएको आर्थिक बर्षमा आर्थिक तर्फ ७५ प्रतिशत खर्च भएपनि भौतिक तर्फ शतप्रतिशत रकम खर्च भएको समेत उनले बताए । साथै प्राप्त बजेटमा ८० प्रतिशत सामान खरिद गर्न सफल भएको छ । एम्बुलेन्स खरिदका लागी यस बर्ष जेठमा वजेट निकासा भएको छ ।

त्यस्तै मेसु शर्माले मुख्यमन्त्री कार्यालयबाट २२ करोड बजेट निकासा भएको समेत बताए । बताउदै केही समयमै टेन्डर मार्फत लिफ्ट सिहतको माथी विल्डीङ थप्ने काम सुरु हुने बताए । त्यस्तै यो आर्थिक बर्षमा प्रदेश सरकारबाट अस्पतालको स्तर उननतीका लागी डेढ करोड रुयैया बजेट छुट्याईएको छ । अस्पतालमा गएको आर्थिक बर्षमा भर्ना भएका तीन जना बच्चा सहित अन्य ४५ जनाको मृत्यु भएको थियो ।

अस्पतलबाट ८० जना एचआईभी भएका विरामीले औषधी सेवन गर्दै आएका छन । त्यसैगरी ४४ जना महिलाहरुको पाठेघरको अप्रेशन भएको छ । गएको आर्थिक बर्षमा ६१ हजार नौ सय ४८ जना विरामीले सेवा लिएका छन । चार हजार ७६ विरामी भर्ना भएका थिए, भने २९ सय ८४ जना महिलाले सुत्केरी सेवा लिएका थिए ।

जसमा पाँचसय ६८ जना बिष बर्ष मुनिका महिलाले सुत्केरी सेवा लिएका थिए,भने दुईसय ५८ जना मलिहलाले अप्रसन गराएका थिए । त्यस्तै एक हजार ४३ जना विरामीलाइ रेफर गरिएको छ । यो आर्थिक बर्षमा ईन्डसकोपी मेसिन,रिमोटबाट चल्ने तीनवटा वेड,सिकलसेल एनिमिया जाँच गर्ने मेसिनलगाएत मेसिन जडान गरिएको छ ।