दाङमा सवारी दुर्घटना बिकराल, ८ बर्षमा झण्डै ६ सयको मृत्यु

२०७६ श्रावण १२, आईतवार २१:४४ मा प्रकाशित

घोराही/दाङमा सवारी साधन दुर्घटनाले बिकरालरुप लिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति दाङले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७६ मा बर्षेनी औषतमा ७१ जनाले दाङमा सवारी दुर्घटनामा परि ज्यान गुमाउने गरेको उल्लेख छ ।

सरदर १ सय ३७ दुर्घटना, ७१ जनाको मृत्यु, २ सय ८२ घाईते र १ सय ८५ बढी गाडीहरु दुर्घटनामा संलग्न हुने गरेको तथ्यांक रहेको छ । दैनिकजसो हुने सवारी दुर्घटनाले मानविय सँगै भौतिक तर्फ ठूलो क्षति पु¥याउदै आएको छ ।

SPONSORED

वितेको ८ बर्षमा सवारी दुर्घटनामा परि झण्डै ६ सय जनाले अकालमै मृत्युबरण गरेका छन् । २०६८ सालमा ७६ जना, २०६९ सालमा ५४ जना, २०७० सालमा ७४ जना, २०७१ सालमा ५४ जना, २०७२ सालमा ७१ जना, २०७३ सालमा ७७ जना, २०७४ सालमा ७९ जना र २०७५ सालमा १ सय ४ जना गरी ५ सय ८९ जनाको सवारी दुर्घटनामा परि मृत्युभएको छ ।

SPONSORED

ति दुर्घटनामा परि ८ बर्षमा २ हजार ७ सय ५७ जना घाईते भएका छन् । दिनहु हुने सवारी दुर्घटनामा चालककै बढी लापर्वाही हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । तिव्रगती, क्षमता भन्दा धेरै यात्रु र समान बोक्ने, मादक पदार्थ सेवन गरेर चलाउने गर्दा बढी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

SPONSORED