घोराहीमा लक्ष्य भन्दा धेरै राजस्व संकलन

२०७६ श्रावण ८, बुधबार २३:०० मा प्रकाशित

घोराही,
८ साउन / घोराही उपमहानगरपालिकाले वितेको आर्थिक बर्षमा लक्ष्यभन्दा सवा दुई करोड बढी राजस्व संकलन गरेको छ ।

आर्थिक बर्ष २०७५÷७६ मा १९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको उपमहानगरले २१ करोड १८ लाख ७७ हजार ५ सय ३५ रुपैयाँ राजस्व संकलन गरेको हो ।

SPONSORED

उपमहानगरपालिकाले बिभिन्न एक सय ६७ शिर्षकमा राजस्व संकलन गर्दै आएको छ । सबै भन्दा धेरै मालपोत रजिष्ट्रेशनबाट ९ करोड ३३ लाख २६ हजार ५ सय ८२ रुपैयाँ राजस्व संकलन भएको राजस्व शाखा प्रमुख कृष्णकुमार केसीले जानकारी दिए ।

SPONSORED

त्यसैगरी, एकीकृत सम्पत्तीकरबाट १ करोड १४ लाख ४ हजार, घरबहाल करबाट १ करोड १७ लाख ४ हजार, विज्ञापन करबाट १७ लाख ९९ हजार, नदिजन्य बस्तुबाट २ करोड ७२ लाख २९ हजार, जरिवुटी तथा कवाडबाट १५ लाख ७८ हजार र व्यवसाय करबाट १५ लाख २२ हजार रुपैयाँ संकलन भएको छ ।

उपपमहानगरपालिकाले चालु आर्थिक बर्षमा २५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको शाखा प्रमुख केसीले जानकारी दिए ।

SPONSORED