दाङमा सिचाईका लागि एक वर्षमा कृत्रिमरुपमा बनाइएको तालमा डुवेर हालसम्म २४ जनाको मृत्यु

२०७६ श्रावण ६, सोमबार २३:५० मा प्रकाशित

घोराही । वातावरणलाई सन्तुलनमा राख्न, सिचाई सुविधा तथा खानेपानीका लागि पानीको स्रोत बढाउन दाङमा अहिले कृतिम पोखरी बनाउने क्रम बढ्दो छ । तर पछिल्लो समय यी पोखरी मृत्यु स्थल बन्दै गएका छन् ।

सिचाईका लागि बनाइएका यस्ता पोखरी र खोलामा डुबेर दाङमा २४ जनाले ज्यान गुमाएका छन् । यसमा कृतिम पोखरीमा डुबेर मृत्यु हुनेको संङ्ख्या ११ छ । आइतबार साँझ ६ बजे घोराही उपमहानगरपालिका १८ मसिनामा लगाइएको टमाटरलाई सिंचित गर्न बनाइएको कृतिम पोखरीमा डुबेर तीन जना युवतीको मृत्यु भयो । मृत्युले गाँउनै शोकमा ढुबेको छ । पोखरी खन्ने तर तारबार र कुनै संकेत चिन्ह नराखिदा अकालमा ज्यान गुमाउँनुपरेको स्थानीयको आरोप छ ।

SPONSORED

अहिले घोराही उपमहानगरपालिकाले २० वटा कृतिम पोखरी निर्माण गरेको छ । ती कुनैमा पनि व्यवस्थित तारबार लगाइएको छैन । उमहानगरले बनाएका पोखरीमै डुबेर ६ जनाले ज्यान गुमाइसके । दाङका प्रहरी प्रमुख एसपि वेल पाण्डेले यस वारेमा सचेत सबैलाई गराउनुपर्ने बताए ।

SPONSORED

सुख्खा स्थानमा सिचाइँ गर्न यस्ता पोखरीले पानीको स्रोत बढाइदिएको छ । तर सावधानी नअपनाउँदा धेरैले ज्यान गुमाउनुपरेको छ । यसलाई उपमहानगर र उपभोक्ता स्वयम् आफैले व्यवस्थित बनाउँन आवश्यक देखिएको छ । यस वारेमा घोराहीका मेयर नरुलाल चौधरीले उपमहानगरले सचेतना फैलाउन सम्वन्धित ठाउहरुमा वोर्डहरु टागिने बताए । भुवन पाण्डे÷कान्तिपुरवाट

SPONSORED