रोपाईको चटारो, मल नपाउदा किसानलाई छटपटी

२०७६ श्रावण २, बिहीबार २३:०८ मा प्रकाशित

घोराही, २ साउन/सरकारले अनुदानको रासायनिक मल समयमै नपठाउदा दाङका किसानहरु खेती गर्ने समयमा बजारमा मल खोज्दै भौतारिएका छन् । एक साता पहिले पानी परेपछि खेतीमा व्यस्त हुने किसानहरु आबस्यक रासायनिक मल नपाउदा खोज्दै बजारमा भौतारिएका हुन् ।

यती बेला खेतमा व्यस्त हुने किसानहरु मल कै खोजीमा कृषि सामाग्री कम्पनी लिमिटड घोराही सँगै बजारमा पसलहरुमा भेटिने गरेका छन् । अबस्यक युरिया र डिएपी मल नपाएकै कारण किसानहरु उत्पादन घट्ने भन्दै चिन्तीत बनेका छन् ।

SPONSORED

केहीदिनको वर्षातले धान रोपाईको चटारो लागे पनि मल नहुदा बजारमा भौतारिनु परेको घोराही १६ की सीता चौधरीले गुनासो गर्नुभयो । किसानहरु कृषि सामाग्राी कम्पनी, साल्ट ट्रेडिङ र सहकारीहरु चाहादै हिडेका छन् ।धान रोपाईको चटारो भैरहदा मल नपाएर छटपटी पनि उत्तीकै रहेको तुलसीपुर १५ दक्षिण कुररियाका चिन्ताबहादुर चौधरीले बताउनुभयो ।

SPONSORED

यसैविच रासायनिक मलको प्रयोग मात्र नभई धान रोपाईका लागि किसानले गोठेमलको प्रयोग गर्न सकिने कृषि ज्ञान केन्द्र दाङको भनाई छ । केन्द्रका कृषि प्रसार अधिकृत भरतमणि पोख्रेलले किसानहरु रासायनिक मलमा मात्रै आकर्षित भएको भन्दै धान रोपाईमा गोठे मलको प्रयोग गर्न सकिने बताउनुुभयो ।

SPONSORED