दाङ चेम्वरको निर्विरोध अध्यक्ष भएपछि महराले भने–‘दङ्गालि र ब्यवसायिले गर्व गर्ने लायक चेम्वर वनाउछौ’

२०७६ असार २८, शनिबार २०:४४ मा प्रकाशित

घोराही । दाङ चेम्वर अफ कमर्शको सर्वसम्मतरुपमा जिल्ला अध्यक्ष भएपछि श्रीधर महराले चेम्वरलाई जिल्लाकै नमुना र सबैको लोकप्रीय बनाउने बताएका छन् । चेम्वरको जिल्ला अधिवेसनवाट आफु अध्यक्षमा निर्विरोध चयन भएपछि महराले चेम्वरलाई सबै ब्यवसायिको साझा संस्थाकारुपमा विकास गर्ने बताए ।

उनले सबै ब्यवसायिको भावना समेटेर काम गर्ने भन्दै ब्यवसायिको पक्षम सदैव क्रीयाशिल हुने बताए । संस्थालाई माथि उठाउन सबैको सहयोग, सद्भाव आवश्यक हुने भन्दै अध्यक्ष एक्लैले भन्दा पनि सबै मिलेर यसलाई माथि उठाउनुपर्ने उनले विचार राखे । आफुलाई निर्विरोध अध्यक्ष बनाउन प्रत्यक्ष÷अप्रत्यक्ष भुमिका खेलेकोमा विशेष चेम्वरका जिल्ला अध्यक्षसहीत सम्पुर्ण पदाधिकारी, सदस्य, निर्वाचन मण्डल लगायत शुभेच्छुक सबैमा धन्यवाद दिदै चेम्वरलाई दङ्गालि र ब्यवसायिको माझमा गर्व गर्ने संस्थाकोरुपमा स्थापित गर्न सफल हुने बताए ।

SPONSORED

उनले चेम्वरको इतिहास हेरेर मात्र यसको वारेमा ब्याख्या, विश्लेषण गर्न आग्रह गर्दै ब्यवसायिको पक्षमा विगतदेखी चेम्वरले उठाउदै आएको आवाज एकपटक सम्झन आम ब्यवसायिलाई आग्रहसमेत गरे । उनले चेम्वरका पदाधिकारी र सदस्यहरुको सल्लाह, सुझाववाटै आफु अघि बढ्ने भन्दै सर्वसहमतिवाट आफुलाई नेतृत्व दिएको सबैप्रति आभार पनि ब्यक्त गरेका छन् । उनले भर्खरै जन्मिएको संस्थाले सर्वसम्मत नेतृत्व चयन गरेर अन्य जिल्लामा रहेका ब्यावसायिक संस्थालाई गतिलो पाठ दिएको भन्दै अन्य ब्यावसायिक संस्थासंग ब्यवसायिको पक्षमा एकता तथा समन्वय गरेर जान सकिने पनि बताए । नेतृत्व सर्वसम्मत चुनेर चेम्वरले समाजमा राम्रो शन्देश छोडेको भन्दै सहमतिवाट चुनिएको नेतृत्वले नै सबैको भावना, विचार समेटर काम गर्न सक्ने बताए । उनले थपे–भर्खरै जन्मिएको संस्थामा सर्वसम्मत नेतृत्व चुनेर राम्रो शन्देश आम मानिसमा गएको छ, ब्यवसायिहरुमा पनि उत्साह थपिएको छ, सबैको सहयोग भएमा संस्थालाई राम्रोसंग चलाउन सक्छु

SPONSORED

महरा चेम्वरकै सदस्य भएर संस्थापककारुपमा काम गरीसकेका छन् । मिलनसार, सहयोगि महरा ब्यावसायिक क्षेत्रमा लामो समयदेखी सकृय रहेका छन् । उनि विभिन्न सामाजिक संघ संस्थाको नेतृत्वदायि भुमिका पनी रहेका छन् । घोराहीको भ्यालि टप वोर्डिङ, गुरुवागाँउको स्कलरल्याण्ड वोर्डिङको लामो समय अध्यक्ष भएर उनले जिम्मेवारी निभाएका छन् । प्रावि क्वाडि९तत्कालिन रात्रि विद्यालय क्वाडि० विद्यालयमा २२ वर्ष लामो अध्यापनरत महराको शैक्षिक क्षेत्रमा महत्वपुर्ण योगदान रहेको छ । जग्गा ब्यवसायि समेत रहेका महराले मानविकि संकायमा विए सम्मको अध्ययन पुरा गरेका छन् ।

SPONSORED