दाङका सिडिओले चेतावानि दिदै भने–कटुवा खोला पुलको म्याद थप पनि हुदैन, भुक्तानीका लागि सिफारीस पनि दिन्नौ

२०७६ असार २६, बिहीबार २१:२२ मा प्रकाशित

घोराही, असार २६ । घोराहीको कटुवाखोला पुलमा विहिवारबाट गाडी चलेको छ । तर पुलको पूर्ब तर्फको क्षेत्रमा गिट्टी र माटोले फिलिङ गरेका कारण पुल नै जोखिममा परेको छ ।

बुधवारराती देखी आएको भेल पुल मुनिबाट बग्न नसकेपछि पुलका पूर्बभाग कटान गरेको छ भने आधादर्जन घरहरु डुवानमा परेका थिए । उक्त पुलको पूर्बभाग कटान गरेपछि विहानैदेखी त्यसको मर्मतमा यहाँको स्थानिय प्रहरी प्रशासन जुटेको थियो । कटान गरेको भागमा विहानैदेखी नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी सहित ठेकेदारका कामदारहरुले ग्याविन जाली लगाएका छन् । कामचलाउ मर्मतपछि पुलमा गाडि चलेका छन् । सामान्य मर्मतपछि पुलवाट सिङ्गल गाडिहरु आवतजावत गर्न सहज भएको छ ।

SPONSORED

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले केही महीनादेखी नै पुल निर्माणका लागि ठेकेदारलाई ताकेता गर्दै आएका थिए । उनी आफै नै प्रायजसो कटुवाखोला पुलको अवलोकनमा पुग्ने गर्थे । तर, ठेकेदारले काम सम्पन्न गर्न चासो दिएनन् । लगातारको वर्षाले पुलको केही भाग कटान गरेपछि दिनभरजसो आवागमन सहज भएन् । अहिले अवेर रातिसम्म काम गरेर पुल सञ्चालनमा ल्याईएको प्रजिअ रिजालले बताए । कटुवाखोला पुलको भत्किएको भाग आफै खटिएर काम चलाउ मर्मत गरेर सेवा सुचारु गरेपछि प्रजिअ रिजालले चेतावानी दिदै भने–अब म्याद थप पनि हुदैन, भुक्तानीका लागि सिफरीस गर्दैनौ, सडक डिभिजन र ठेकेदारले लापरबाही गर्दा बिकास निर्माण काममा समस्या भयो ।’

SPONSORED

पुलको निर्माणको जिम्मा शंकरमालि निर्माण सेवाको तर्फपाट स्थानियरुपमा घोराहीका पदम शर्माले लिएका थिए । उनले ठेकदार र सडक डिभिजन कार्यालयको लापरबाहीले काम समयमा नभएको भन्दै ठेकदारले आफुले पनि काम नगर्ने र काम पनि नछाड्ने गर्दा पुल निर्माणको काम समयमै सक्न नसकिएको र आफुहरु काम गर्न अगाडि सरेपछि ठेकदार नदेखिएको बताए । उनले अब यो पुलको म्याद पनि नथपिने र भुक्तानीका लागि सिफारीस नगर्ने चेतावानी दिए । रिजालले काम नगर्ने यो निर्माण कम्पनिलाई कालोसुचिमा राखेर कारवाही गर्न र ठेक्का तोड्न पनि सिफारीस गर्ने चेतावानि दिए ।

SPONSORED