दाङका कारागारको अनुगमन ः समस्या ग्रस्त रहेको समिति निष्कर्ष

२०७६ असार १३, शुक्रबार २०:३८ मा प्रकाशित

घोराही, १३ असार/प्रदेश मामिला तथा कानुन समितिले दाङका दुई कारागार समस्या ग्रस्तरुपमा रहेको निष्कर्ष निकालेको छ । समितिले आज गरेको कारागार अनुगमन तथा निरीक्षणका क्रममा क्षमता भन्दा निकै धेरै कैदिबन्दीहरु राख्नु पर्दा समस्याग्रस्त कारागार गुज्रेको निष्कर्ष निकालेको हो ।

समितिका सभापती सांसद दामाकुमारी शर्माको नेतृत्वमा गरिएको अनुगमनमा घोराहीमा ५० जना अट्ने कारागारमा २ सय ९५ र ३ सय ५० जना अट्ने तुलसीपुर कारागारमा ४ सय ६५ जना बस्दै आएको पाइएको छ ।

SPONSORED

क्षमता अनुसारको संख्या निकै धेरै हुदा सबै सेवासुबिधामा असहजता भएको देखिएको सभापती शर्माले बताउनुभयो । कैदिबन्दीले कुनै पनि सेवा सुबिधा सहजै पाउन नसकेको देखिएको र अब नयाँ अबधारणा अनुसार कारागारलाई यातना गृह नभई सुधार गृहकारुपमा लैजाने गरी प्रतिबेदन तयार पारेर प्रदेश सरकारलाई बुझाउने सभापती शर्माले जानकारी दिनुभयो ।

SPONSORED

कारागारमा सजिलो सँग सुत्न नपाउने, आधा घण्टा सम्म शौचालयमा पालो कुर्नुपर्ने, शुद्ध पानी पिउन नपाएको, सिप सिकेर प्रयोग गर्न नपाएको, असुरक्षित तरिकाले खाना पकाउने गरेको, खेलकुद, अध्ययन समेत गर्न नपाउने र स्वास्थ्य जाँचमा समेत असहज भएको जस्ता समस्यमाहरु भोग्दै आएको कैदीबन्दीले समितिका पदाधिकारी समक्ष गुनासो गरेका छन् ।

SPONSORED

कारागारहरु संघ र प्रदेश सरकारको साझा अधिकार सुचिमा भएका कारण प्रदेश समितिले अनुगमन गरेको र भोलीका दिनमा अपराध हुन नदिन सामाजिक सचेतना जगाउदै कारागारलाई व्यवस्थित र सुधारगृहकारुपमा स्थापित गर्ने गरी प्रदेश सरकार समक्ष प्रतिबेदन पेश गरी सभापती शर्माले जानकारी दिनुभयो ।