‘सरकारी आँखा’ लागेको एउटा दाङको सिद्धरत्ननाथ गुठीको हविगत

२०७६ असार ४, बुधबार २२:०० मा प्रकाशित

गजेन्द्र बोहरा र लिलाधर वली

दाङ घोराही छेउका आशाराम चौधरीसँग अहिले आफ्नो नामको सम्पत्ति केही पनि छैन। कुनै बेला उनी गोरक्ष सिद्धरत्ननाथ गुठीको जमिन कमाउथे।

SPONSORED

२०४६ सालमा बहुदल आएपछि ‘मोही’ किसान पनि जुर्मुराए। उक्त गुठी नेपाल गुठी संस्थानले ‘राजगुठी’ अन्तर्गत ल्याइसकेको थियो। सरकारले मोहीयानी हकअन्र्तगत केही रैकर लिएर जमिन किसानलाई नै दियो।

SPONSORED

तर, किसानका लागि जमिनको पैसा तिरिदिनेहरू ‘साहू’हरू थिए। जब किसानको नाममा जमिन आयो, अनि ‘साहू’हरूले ऋण असुल्ने नाममा त्यसलाई निकै सस्तो दाममा हडपे। न जमिन जोत्ने किसानको भयो, न गुठीको।

SPONSORED

बाँकी बचेका केही किसानले पनि जग्गा निकै सस्तोमा बेचेर बाँके, वर्दिया बसाईँ सरे। भू–माफियाहरूले एउटा हल्ला फिँजाइदिएका थिए– ‘धेरै जमिन हुनेहरूलाई सरकार लाग्छ र, जग्गा सित्तैंमा लगिदिन्छ।’ किसानहरू डराएर त्यो जमिन उनै साहूहरूलाई निकै सस्तोमा बेचिदिए।

हाल घोराही १७ चौघेरामा एउटा ठूलो बगैंचाभित्र केही मन्दिर छन्। जो गोरक्षका नामबाट चिनिन्छ। तिनै गोरक्ष पात्रदेवताको नाममा उहिलेका राजा रजौटाले जमिन ‘दान’ गरेका थिए। पछि सम्पत्ति सबै गुठी संस्थानले लियो र, किसानको नाममा बाँड्यो।

‘हजारौं वर्षको गुठीको सम्पत्तिमाथि सरकारको आँखा लाग्यो’ पीर मठाधीश योगी देवनाथले भने ‘सब रित्तियो सरकारले बाँडेर बचेको १ सय ७५ बिघा पनि सबै व्यक्तिकै कब्जामा छ।’

बचेको यो जमिन पनि २०५२ सालपछि तत्कालिन माओवादीले ‘कब्जा’ घोषणा गरेपछि सबै माफियाकै हातमा पुग्यो। नाम किसानको छ तर, फाइदा माफियाले उठाइरहेका छन्। ‘न जोत्ने किसानसँग जमिन बच्यो न गुठीलाई केही रह्यो’ पीर मठाधीश देवनाथ भन्छन् ‘सरकारको आँखा लागेपछि के नै बच्यो ररु’

गोरक्ष रत्ननाथ आश्रमको इतिहास साढे १२ सय वर्ष पहिलेको हो। तत्कालिन दंगाली राजा थिए रत्न परीक्षक। पछि उनी ‘गुरु’ गोरखनाथसँग प्रभावित भए र राजकाज सबै छाडे। उनैले ‘सिद्धरत्ननाथ गोरक्ष आश्रम’को स्थापना गरेको इतिहास छ। पछि उनै राजा रत्न ‘रत्ननाथ’ले चिनिए।

हाल घोराही १७ चौघेरामा एउटा ठूलो बगैंचाभित्र केही मन्दिर छन्। जो गोरक्षका नामबाट चिनिन्छ। तिनै गोरक्ष पात्रदेवताको नाममा उहिलेका राजा रजौटाले जमिन ‘दान’ गरेका थिए। पछि सम्पत्ति सबै गुठी संस्थानले लियो र, किसानको नाममा बाँड्यो।

२०५१ सालसम्म गुठीसँग १ हजार ३ सय बिघा जमिन थियो। त्यसपछि सब रित्तियो। गुठीका लेखापाल हिरानाथ योगीका अनुसार अहिले गुठीका नाममा दाङको नारायणपुर, जलौरा, ढिकपुर, गोबरडिहा, लक्ष्मीपुरलगायतका ठाउँहरूमा छिटपुट जमिन छ। तर, तिनको ‘एकीन’ हालत गुठी स्वंयलाई पनि थाहा छैन।

त्यो बेला किसानहरूलाई जमिन दिँदा के–कति रकम जम्मा भयो भन्नेबारेमा संस्थानले गुठीलाई थाहै दिएन। केही समयपछि ‘३ करोड’ जम्मा भयो भनियो।

‘अहिले त्यसैको ब्याज भनेर वर्षिक साढे दश लाख रुपैयाँ आउँछ’ लेखापाल योगी भन्छन् ‘तर, पैसो के कति हो त्यो कसैलाई पनि थाहा छैन।’ त्यसले वार्षिक पूजाआजा गर्न पनि पुग्दैन। मन्दिर परिसर र बगैंचा क्षेत्रको साढे सात बिघा जमिनबाहेक गुठीसँग अब कुनै जमिन छैन।

नेपाल न्युज डटकमवाट ।