घोराहीमा एक हजारको सिकलसेल एनिमियाको जाँच हुने,सौडियारमा शिबिर मार्फत स्वास्थ्य जाँच गरीने

२०७६ असार २, सोमबार १८:०५ मा प्रकाशित

घोराही, २ असार / घोराही उपमहानगरपालिकाले सिकलसेल एनिमिया रोगको प्रारम्भिक जाँच गर्ने भएको छ । यही असार ११, १५ र १६ गते घोराहीका तीन स्थानमा सिकलसेल एनिमिया रोगको प्रारम्भिक जाँच गर्ने उपमहानगरको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

स्वास्थ्य शाखाले आज जनप्रतिनिधीहरु र पत्रकारहरुको भेला गराई रोगको बारेमा जानकारी गराउदै स्वास्थ्य जाँच गर्नेबारेमा जानकारी दिएको हो । रामपुर, नारायणपुर र सौडियारमा एक एक दिन शिबिर मार्फत स्वास्थ्य जाँच गर्ने योजना बनाएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिनुभयो ।

SPONSORED

विषेशगरी थारु समुदायका व्यक्तिहरुमा सिकलसेल एनिमियाको समस्या देखिने कुरा बाहिर आईरहदा थारु समुदायका व्यक्तिहरुलाई नै प्राथमिकतामा राखेर जाँच गरिने उहाँको भनाई छ ।

SPONSORED

तीन दिनमा करिब एक हजार व्यक्तिहरुको प्रारम्भिक जाँच गर्ने र आबस्यक परामर्श तथा रिफर गर्ने गरी तयारी भएको उपमहानगरपालिकाका डाक्टर प्रभात रिजालले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले सिकलसेल एनिमिया रोगका बिषयमा सचेतना र उपचारमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

SPONSORED

त्यसैगरी उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, प्रबक्ता भरत अर्याल, स्वास्थ्य शाखाका ठाकुर खनाल, जनस्वास्थ्य कार्यालयका देविलाल डाँगी लगाएतकाले कुनै पनि रोगको निदानका लागि सरकार जिम्मेवार रहेको भन्दै स्वास्थ्य प्रति सचेत बन्न समेत सबैलाई आग्रह गर्नुभएको छ । यता, दाङमा १ सय बढि सिकलसेल एनिमियाका विरामिहरुको उपचार भइरहेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय ४८ जना विरामिले नियमीत औषधि सेवन गरीरहेका छन. । यद्यपि, अहिले दाङसहीत देशभर औषधिको अभाव रहेको छ ।